प्रदेश १ मा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ विराटनगर महानगरपालिकामा २२ सहित प्रदेश १ मा जम्मा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ४६ जना मोरङका हुन् । ४६ मध्ये २२ जना विराटनगर, २२ जना रंगेली र २ जना कटहरी गाउँपालिकाका हुन् ।
समुदायमा संक्रमण फैलिएपछि लकडाउन घोषणा गरेको विराटनगरमा ६ र १६ पुरुषमा संक्रमण देखिएको हो ।
संक्रमितमा प्रदेश १ मुख्य न्यायाधिवक्ता पनि छन् । विराटनगरमा भेटिएका संक्रमितमध्ये ७ जना १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी हुन् ।
प्रदेश १ सामाजिक विकास मन्त्रालका अनुसार सोमबार सुनसरीको धरानमा १, इटरीमा ३ र इनरुवामा एक जनामा संक्रमण पुष्टि भएको छ ।
याेसँगै प्रदेश १ मा काेराेना संक्रमितकाे संख्या १ हजार १ सय २८ पुगेकाे छ ।





