• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सडक बिभागको लापरबाहीले दुहबीको सडक मर्मत न भएको भन्दै स्थानीयहरु आक्रोशित

काेचिला खबर by काेचिला खबर
09/05/2021
in FEATURE
75
SHARES
343
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/दुहबीको बुढी खोला देखि २ किलोमिटर क्षेत्र २ मिनेटमा पुग्नु पर्ने एम्बुलेन्स, दमकल र अत्यआवश्यक सवारी साधन १० देखि १५ मिनेट किन लाग्छ, दुहबी स्थित कोशी राजमार्ग सडक खण्ड र दुहबी-इनरुवा सडक खण्ड सांघुरो भएसंगै सो बाटोमा ठुला-ठुला खाल्डा खुल्डी भएर सडकको दुर्दशा भएपछि एस्को जिम्मेवार को हो भनेर दुहबीमा फेरि चर्चा सुरु हुन थालेको छ।

सडक बिभागको लापरबाहीले दुहबीको कोशि राजमार्ग र दुहबी-इनरुवाको बाटो मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन्।
दुहबी बजार क्षेत्रको कोशि राजमार्ग र दुहबी-ईनरुवा सडक खण्ड अन्तर्गत दुहबीको मुख्य सडकको मर्मत नहुँदा बारम्बार दुर्घटनाकोे जोखिम बढ्दै गएको र धेरै पटक सिटि रिक्सा र ट्र्याकटरहरू समेत पल्टिएको दुहबी ट्राफिक प्रहरी स्रोतको भनाइ छ।

राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकोले दुर्घटनाको जोखिम बढेको सवारी चालकहरु बताउँछन्।
दैनिक हजारौँ सवारी साधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा समेत सडक बिभाग बेखबर रहेको भन्दै स्थानीय युबाहरु आक्रोशित छन्।

वर्षा याममा सडकको दुर्दशा हुन्छ भन्ने जान्दा जान्दै भत्केको सो सडक टालटुलसमेत न गर्दा स्थानीयवासी झनै आक्रोशित देखिन्छन्। खासगरी दुहबीको उत्तरी बस स्टेन देखि दक्षिणमा डांगा चौकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ।

यसैगरी दुहबीको ईनरुवा जाने बाटो टेम्पु स्टेन देखि फर्वाड बैंक सम्म ठूला–ठूला खाल्डाखुल्डीले सवारी र पैदलयात्रीलाई आवतजावत गर्न समेत समस्या भइरहेको छ।
एकातिर सडकमा रहेका खाल्डाखुल्डी पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेका छन् भने अर्कोतिर सडकको मुख्य व्यापारिक क्षेत्रमा सवारी साधनको चापसँगै उडे्को धुलोधुवाँले व्यापार–व्यवसाय पनि कमी आएको स्थानीय व्यापारीहरु बताउँछन्।

राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय बिराटनगर लाई पटक/पटक जानकारी गराए पनि कुनै चासो नदिएको स्थानीय व्यापारीहरुको भनाइ छ।
राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी भएका छन् भने कतिपय स्थानमा ग्राभेल हालेर पुरेको अवस्था छ। तर, सडक डिभिजन कार्यालय बिराटनगरले गुणस्तरीय कालोपत्रे गरेर दिगो समाधान गर्न तर्फ खासै ध्यान नदिएको स्थानीयवासीको गुनासो छ।

भत्किएको सडक नबन्दा सवारी यात्रुका साथै स्थानीयवासीले समेत सास्ती व्यहोर्नुपरेको छ।
दुहबी बजार क्षेत्रको सांघुरो सडकमा पैदलयात्री आवतजावत गर्नेलाई पनि कठिनाई भइरहेको छ।
सडकमा जोखिम मोलेर भए पनि चालकहरुले यातायात सञ्चालन गर्ने गरेका छन्।

विराटनगरको रानीदेखि धरानसम्मको ६ लेन सडकमा घरजग्गा मुआब्जाको विषयले उत्पन्न विवाद सगैं दुहबीमा सडक निर्माणले तीव्रता पाउन न सकेको विराटनगर-रानी- धरान ६ लेनका आयोजना प्रमुख बद्री प्रसाद शर्माले बताए ।
दुहबीको बुढी खोलादेखि २ किलोमीटर क्षेत्रमा ६ सय ८० मिटरको बिबादित बिल्टअप क्षेत्र बाहेक १८ वटा घर संरचना हटाउन बाँकी रहेको शर्मा बताउछन । दुहबी बजारमा जम्मा २३३ घर भत्किएपछि मात्र गुणस्तरीय सडक बिस्तार हुने उनले बताए।

शर्माका अनुसार बारम्बार सूचना जारी गर्दा समेत घर संरचना न हटाउने अनि बाटो मर्मत मात्र किन गर्ने भन्दै आयोजनामा बाटो मर्मतकालागि कुनै बजेट न रहेको बताउछन।
बारम्बार अदालतको स्टे अर्डर ल्याएर योजना बिस्तार गर्न न दिएपछि ठेक्का लाग्न न सकेकोले समस्या भएको शर्मा बताउँछन् । उता दुहबी-इनरुवा सडक खण्डको बाटो आफुले हेर्न न मिल्ने समेत उनले बताए।

घरहरूको क्षतिपूर्ति दिई सडक विस्तार गर्न सहजीकरण गर्न सम्बन्धितलाई अनुरोध गरिसकेको आयोजनाको भनाई छ । त्यसका लागि लगत उतार्न नापी कार्यालय सुनसरी र दुहबी नगरपालिकालाई पत्राचार समेत गरिसकिएको बताइएको छ।

६ लेन सडक विस्तार अन्तरगत दुहबीका स्थानीय युबाहरु दुहबी बजार क्षेत्रमा किन सडक चौडा गर्न सकिदैन भन्दै बहस गर्न थालेका छन् । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत रानी–विराटनगर–दुहबी-इटहरी–धरान ६ लेन सडक निर्माण भइरहेको छ। परियोजनाअन्तर्गत रानीदेखि धरानसम्म ४९ किलोमिटर सडक निर्माणाधीन छ ।

सार्वजनिक सडक ऐन २०३१ बमोजिम नेपाल सरकारले ३४ सालमा राजपत्रमा प्रकाशित गरेको सुचनाअनुसार सडकलाई ५० मिटर चौडा बनाउने निर्णय गरेको हो ।
दुहबी बजार कोशी राजमार्गमा पर्ने घरका अधिकांस घर धनीहरु तथा व्यवसायीहरु चलनचल्ती अनुसारको मुआब्जा दिए मात्र सडक विस्तार गर्न दिने पक्षमा रहेको बुझिन्छ।

सडकको राइट वे अर्थात क्षेत्रअधिकार सडकको मध्य बिन्दुबाट २५ मिटर दायँ बाँया हो । तर जग्गा नभएका कारण १५-१५ मिटर दायाँ बायाँ बनाउने गरि सडक विस्तार आयोजनाले डिपिआर तयार गर्यो । जस अनुसार धेरै स्थानमा ठेक्का पनि लाग्यो । तर लागेका ठेक्कामा पनि सवै तिर एक समानले सडक बन्न सकेको
छैन । विवादका कारण ६ लेनको महत्वपूर्ण सडकको मापदण्ड फरक फरक बनाइएको छ ।

कतै ८२ फिट बनाइएको छ भने कतै ६५ र कतै ५५ फिटमा झारेर काम भइरहेको छ । सडकको एकरुपताका बिषयमा सडक आयोजनासँग समेत स्पस्ट जवाफ छैन।
आर्थिक वर्ष २०६९\७० देखि सुरु भएको रानी विराटनगर इटहरी धरान ६ लेन सडक खण्डको काम १० वर्षमा सम्पन्न गरिसक्नुपर्ने सडक विस्तारका लागि १७ ओटा ठेकेदार कम्पनीसँग कामको सम्झौता गरिएको जनाइएको छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist