दुहबी/ नया भेरियन्ट सहितको कोरोना भाइरस रोकथामका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले १७ गते मध्य रातीबाट एक सतालाई निषेधाज्ञा गरे पनि हिजो पहिलो दिन दुहवीमा भने यसको पालना कमै मात्रामा देखिए पछि दुहबी प्रहरीले आज कडाइ गरी दुहबीका २५ जना व्यापारी लाई प्रहरीले नियन्त्रणमालि समझाई बुझाई छाडिएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
भोलि देखि थप कडाइ गरी अटेर गर्ने लाई कार्वाही समेत गर्ने प्रहरीले जनाएको छ ।
हिजो मात्र प्रशासनले दुहवीको पसल बन्द गराउदा सुरुमा सबै पसल बन्द गरेतापनि पछि केहि पसले हरुले आधा सटर खोलेर त केहिले पसल बाहिर बसेर ग्राहक कुरेको प्रष्ट देखिएका थिए ।
प्रसाशनले निषेधाज्ञामा अत्यावश्यक कामबाहेकका सबैलाई घरमै बस्ने, सार्वजनिक तथा निजि सवारीसाधन, सिटी, अटो रिक्सा जोर विजोर प्रणली अनुसार सञ्चालन गर्ने भनेतापनि दुहवीमा भने यसको पालना नभएको प्रश्ट देखिएको थियो ।
सुनसरी प्रसाशनले निषेधाज्ञामा बिहान ८ बजे देखि ११ बजे सम्म मात्र पसल हरु खोल्न पाईने निर्णय गरेता पनि हिजो निषेधाज्ञाको पहिलो दिनमै दुहबीको केही व्यापारीले यस्को पालना नगरेको देखीएका थिए ।
हिजो दुहबी बजारमा फेन्सी पसल , ईलेक्ट्रोनिक पसल , हार्डवेर , कपडा पसल , किराना पसल , लगायका पसलहरु केही ठाउँमा निर्भात रुपमा पसल खोलेर बिक्रीवितरण गरिरहेको देखा परेका थिए ।
अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणको अवस्था गत वर्षको तुलनामा निकै खतरनाक तहमा रहेकोले यसबाट बच्न माक्स तथा सेनेटाइजर प्रयोग गर्ने, समय समय मा साबुन पानीले हात धुने, भिडभाड नगर्ने/नगराउने, कम्ती २ मिटर दुरी कायम गर्ने/गराउने, अत्यमवश्यक परे मात्र घरबाहिर निस्कने जस्ता कार्यहरुमा विशेष ध्यान दिन जरुरी छ ।