दुहबी। सुनसरी को दुहबी ४ मा निर्माणाधीन रङ्गाशालाको रास्टृय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवाल र दुहबी नगरपालिका मेयर बेद गच्छदारले संयुक्त रुपमा निरिक्ष्ण गरेका छन। गत आर्थिक बर्ष देखि रु २० करोड ९६ लाखको लागतमा निर्माणाधीन रंगशालाको ३ करोड बराबरको कार्य सम्पादन भैसके को जानकारी दिदै उक्त रंगशाला को स्थलगत निरिक्षण गराएका गच्छदारले स्थानिय श्रोत साधनले मात्रै पुर्वकै यो नमुना रङ्गशाला बनाउन लामो समय लाग्ने हुदा तत्कालै उक्त रङ्गशाला सम्पन्न गराउन नेपाल सरकार र खेलकुद परिषद बाट आबस्यकिय खर्च साथै साथ सहयोग उपलब्ध गराइदिन खेलकुद परिषद सदस्य सचिब शिलवाल सग अनुरोध गरेका छन।
गच्छदारले ७ हजार पपुलेसन क्यापासिटी रहेको उक्त रंगशाला मा १ करोड २५ लाख बराबर लागतमा बन्ने १८ वटा सर्टर को निर्माण ठेक्का लागिसकेको अवगत गराउदै गत आर्थिक बर्स मा ६ करोड ५० लाख इस्टिमेट लागत सहित ७० लाख ठेक्का मा पहिलो चरणको काम सम्पन्न पश्चात् अलपत्र रहेको मनमोहन फिट्नेस सेन्टर को समेत अवलोकन गराए। अवलोकन को क्रममा गच्छदारले बजेट अभाव का कारण नगरकै आकर्षक फिट्नेश सेन्टर को ३ तल्ले भवनको पहिलो तल्लामा महिला ,दोश्रो मा पुरुष फिटनेस हल र तेस्रो तल्लमा सभा हल रहने यो योजना सम्पन्न गर्न आबस्यकिय आर्थिक सहयोग जुटाइदिन सदस्य सचिव सिलवाल सग आग्रह गरेका थिए।
गच्छदार ले कबर्ड हल को आन्तरिक डेकोरेशन साथै लाइटिङ्ग इप्लिमेन्टेसनको कार्य चलिरहेको र उक्त कार्यलाइ समेत यथासिघ्र सम्पन्न गर्न का लागि थप आबस्यक साथ सहयोग का लागि सदस्य सचिव सिलवाल सग माग गरेका थिए।
सदस्य सचिव शिलवालले मिहिन रुपमा सबै प्यारामिट हरुको निरिक्षण गर्दै दुहबी रंगशाला पुर्वकै नमुना बनाउन आफ्नो ब्यक्तिगत र सरकार को तर्फबाट जस्तो सुकै सहयोग गर्न पछि नहट्ने बचनबद्दता जाहेर गरेका थिए। शिलवालले प्रदेश खेलकुद परिषद नबनेको कारण के द्र बाट काम गर्न आर्थिक जोहो गर्न केहि कठिनाइ परेको हुदा केही बहु आयामिक योजनाहरु समयमा सम्पन्न गर्न नसकेको गुनासो गर्दै दुहबिको हकमा खेलकुद क्षेत्रमा गच्छदार को सहकार्य अतुलनीय रहेको खुलेर प्रसंशा पनि गरे। सिलवालले देशका पालिका प्रमुख हरु भौतिक निर्माण मात्रै बिकास हो यो खेलकुद के हो के हो भनेर आँखा बन्द गर्ने गरेको दुखेसो उन्दै दुहबी का नगर प्रमुख गच्छदार युवा सोच र दुहबी बिकासको सुत्राधार समेत रहेको हुदा खेलकुद क्षेत्रमा उदायमान कोसेढुङ्गा रहेको समेत जनाए।