प्रदेश नं. १ मा बुधबार थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा मोरङमा २४, सुनसरीमा १४, झापामा ९ र प्रदेश बाहिर ठेगाना भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार मोरङको बुढिगंगा वडा नम्बर २ का कोरोना संक्रमित पुरुषको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ ।
प्रदेशमा अहिलेसम्म कोरोनामुक्त भएर १ हजार ११८ जना डिस्चार्ज भएका छन् । गएको २४ घण्टामा अहिलेसम्मकै धेरै १ हजार ८७८ जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।