- दुहबी / दशैं, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी दुहबी नगरपालिकाले बजार अनुगमन शुरू गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएका दुहबी नगरकि उपप्रमुख एवं अनुगमन समितिका संयोजक मेनुका पोख्रेल खतिवडाले बताए ।
उनका अनुसार सोमबारदेखि दुहबी – ५ को अमर स्टोर , आयुस किराना पसल , लक्षय ट्रेडर्स दुहबी –३ मा रहेको प्रगती स्टोर लगायतमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा म्याद गुज्रेका पेय पदार्थ तथा खाद्य सामग्री, सरकारले प्रतिबन्ध लगाएका तस्करीका चामल लगायत बिक्रीवितरण गरिरहेको पाईएको दुहबी नगरपालिकाका प्रशासन प्रमुख तथा अनुगमन समिति सदस्य कचित दुलालले जानकारी दिएक छन ।
दुहबी ५ स्थित रहेको आयुस किराना पसलमा तस्करी बाट खरिद गरेको चामल तथा प्याकेजिङ अनुमति पत्र नलिई सामान प्याकेजिङ गरेको, तेसै गरी अमर स्टोरमा टर्कि बाट आयात गरेको खरिद बिल बिनाको मुस्रोको दाल लगायत पाइएको छ भने
दुहबी ३ स्थित रहेको प्रगती स्टोरले म्याद गुज्रेका तथा किरा परेको चामल बिक्रीवितरण गरेको भन्दै २९ बोरा चामल जफत गरेको अनुगन समितिले बताएका छन ।
चाडबाडका बेला बजारमा हुने उपभोक्ताको भीडभाडको मौका छोपेर व्यवसायीले म्याद गुज्रेका सामान बेच्ने गरेको गुनासो आउने गरेको छ । बजारमा कृत्रिम अभाव देखाएर मनलाग्दी रुपमा सामानको भाउ बढाउने व्यवसायीलाई कारबाही गरिने अनुगमण समितिका संयोजक खतिवडाले बताईन ।
बजार अनुगमनलाई तीव्रता दिइने दुहबी नगरपालिकाले जनाएको छ अनुगमन टोलीमा दुहबी नगरपालिकाका कर्मचारी , उद्योग बाणिज्य संघ , पत्रकार , नेपाल प्रहरी , नगर प्रहरी , जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरी लगायतका प्रतिनिधि सहभागी रहेका थिए ।
यता स्थानीय भन्छन बजार अनुगमन चाडबाडका बेला मात्र नभएर अरु बेला पनि अनुगमन लाई तिब्रता दिए उप भोक्ता ठगिन बाट बच्च्ने बताउछन ।
उता दुहबीका केही व्यापारीका भनाई अनुसार तस्करीका चामल खाद्यान्न लगायत सामानहरु बजारमा खुल्म खुल्ला बिक्रीवितरण भएको कारण नेपाली उत्पादन चामल लगायत खाद्यान्न सामाग्रीरु बिक्रीवितरण हुन महिनौ लाग्ने गरेकोले बिग्रने म्याद गुज्रिने किरा पर्ने लगायत काम भएको बताउछन ।