सुनसरी/सुनसरीको बकलौरीमा जारी दोस्रो बकलौरी टि ट्वान्टि क्रिकेट प्रतियोगितामा इस्ट्रन बुलेट क्लब दुहबी फाइनलमा प्रवेश गरेको छ। प्रतियोगितामा प्रथम हुने टिमले उपाधी सहित नगद ४० हजार शिल्ड मेडल प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद २० हजार सहित शिल्ड मेडल प्राप्त गर्नेछ। प्रतियोगिताको म्यान अफ द म्याच दुहबीका सुर्य रौनियार घोषित भएका थिए, उनी प्रतियोगिताको ३ वटा म्याचमा म्यान अफ द म्याच भएका हुन। प्रतियोगितामा एक नम्बर प्रदेशका १४ टिमले प्रतिस्पर्धा गरेको छ। शनिबार हुने फाइनल खेलमा आज जित्ने टिमसंग दुहबीले प्रतिस्पर्धा गर्नेछ।





