सुनसरी/सुनसरीको दुहबीमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता सुरु भएको छ। दुहबी स्थित श्री सरस्वती माबिको खेल मैदानमा शनिबारदेखि सुरु भएको उदघाटन खेलमा दुहबी वडा नम्बर ६ ले दुहबी वडा नम्बर १२ लाइ १-० गोल अन्तरले पराजित गरेको छ। खेलको म्यान अफ द म्याच दुहबी वडा नम्बर ६ का खेलाडी मनिश बि.कलाई दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले नगद २ हजार तथा मेडल प्रदान गर्नु हुँदै स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्नकालागी मेयरकपको आयोजना गरिएको बताउनुभयो । मेयर गच्छदारले दुहबीमा फुटबल एकेडेमीकोलागि प्रक्रिया सुरु भैसकेको जानकारी दिनु हुँदै दुहबीमा २१ करोडको लागतमा रंगशालाको काम समेत सुरु भैसकेको र रंगशालाको पुर्ब पट्टीको प्याराफिटको काम अन्तिम चरणमा पुगेको बताउनुभयो। सुनसरीको दुहबीमा स्पोर्टस एकेडेमी निर्माण हुने भएको छ । तेश्रो मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले दुहवीमा चाडैं नै स्पोर्टस एकेडेमी निर्माण हुने बताएका हुन् ।
मेयर गच्छदारले स्पोर्टस एकेडेमी बनाउनका लागि वडा नं.७ मा रहेको भलुवा आधारभुत विद्यालय र वडा नं. ११ को दुर्गा आधारभुत विद्यालयको नाममा रहेको ५ विघा जग्गा ३५ वर्षको लागि लिजमा लिई सकेको जानकारी दिए ।
‘अबको केही दिनमै स्पोर्टस एकेडेमीका लागि भौतिक संरचना निर्माणको काम सुरु हुन्छ ।’ गच्छदारले भने ।
नेपाल फुटवल एशोसिएशन र दुहवी नगरपालिकाको संयुक्त लगानीमा रंङ्गशाला र २ वटा अभ्यास फिल्ड निर्माण हुनेछ । उक्त भौतिक संरचनाहरु ३५ बर्ष पछाडी विद्यालयलाई हस्तान्तण गरी नगरपालिकाले अभिभावकको रुपमा सहयोग गर्ने मेयरले जानकारी गराए ।
गच्छदारले दुहबिमा देशब्यापि पहिचान हुने गरि फुट्बल जगत अगाडि बढाउन आफु लागिपरेको बताए।
प्रतियोगिताको उदघाटन कार्यक्रममा दुहबी नगरपालिकाकि उपमेयर सुनिता दाहाल शाह,दुहबी नगरपालिकाका वडा अध्यक्षहरु, दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार नेउपाने लगायत स्थानीयहरुको उल्लेखनीय उपस्थिती रहेको थियो। प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय र दोस्रो हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ७ हजार, सर्वाधिक गोलकर्ताले ६ हजार र विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले समान ५ हजार रुपैयाँ प्राप्त
गर्नेछन् । दुहबी नगरपालिकाको आयोजना तथा एलेभेन एरोज क्लब दुहबीको संयोजनमा भएको फुटबल प्रतियोगिताको आइतबारको दोस्रो प्रिक्वाटर फाइनल खेल दुहबी वडा नम्बर २ र दुहबी वडा नम्बर ३ का बिच हुने आयोजकले जनाएको छ।






