• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

खाडीको विमान नचढ्दै‘ बिक्री’ भइसक्छन् नेपाली महिला

काेचिला खबर by काेचिला खबर
11/12/2022
in समाज
51
SHARES
231
VIEWS
Share on FacebookShare on Twitter

दुबई घुम्न जाने भन्दै १२ नेपाली महिला बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । हिमालय एयरलाइन्सले आवश्यक कागजपत्र अध्ययन नगरी तुरुन्तै उनीहरूलाई बोर्डिङ पास उपलब्ध गरायो । शंका लागेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा स्यानेटरी प्याडभित्र उनीहरूसँग कुवेतको भिसा भेटियो ।

कुन देश जान लागेको भन्दा उनीहरूले राम्रोसँग जवाफ दिन सकेनन् । ग्रामीण क्षेत्रका ती महिलालाई दुबई घुम्न लैजाने भन्दै कुवेतमा लगेर ‘बिक्री’ गर्न लागिएको थियो । सामान्य सोधपुछमै त्यो कुरा खुलेपछि प्रहरीले उनीहरूलाई रोक लगाई अनुसन्धान गरिरहेको छ । सीधै कुवेत जाँदा शंका हुने भएकाले उनीहरूलाई दुबई ट्रान्जिट बनाई भोलिपल्टै कुवेत लैजान लागिएको थियो ।

महिला प्लेन चढ्नुभन्दा अघि नै उनको विदेशमा बिक्री भइसकेको हुन्छ : एसएसपी अनुरागकुमार द्विवेदी निर्देशक, मानव बेचबिखन अनुसन्धान ब्युरो

हिजो हामीले विमानस्थलबाट फर्काइएका महिलासँग सोधपुछ गर्दा उनीहरूलाई कहाँ जानेसम्मको जानकारी थिएन । यसरी सयौँ नेपाली चेलीबेटीलाई मध्यपूर्वका विभिन्न देशमा बेचिएपछि हामीले विमानस्थलमा विशेष टोली खटाएर रोक्न थालेका छौँ । उताको एजेन्टले महिला पठाउन भनेर सुरुमै नेपालमा पैसा पठाइदिन्छन्, यताबाट महिला खोजेर उनीहरूको फोटो र भिडियो पठाई मोलतोल हुँदो रहेछ । यहाँबाट महिला प्लेन चढ्नुभन्दा अघि नै उनीहरू विदेशमा बेचिइसकेका हुन्छन् ।

मानव बेचबिखनमा संलग्न समूहले यसरी सोझा महिलालाई विदेशमा आकर्षक जागिरको प्रलोभनमा मध्यपूर्वका विभिन्न देशमा लगेर बेचबिखन गर्ने प्रवृत्ति बढेको छ । यसरी त्यहाँ पुगेका धेरैजना समस्यामा परेको र पछिल्लो चार महिनामा ११ जनालाई उद्धार गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका निर्देशक एसएसपी अनुरागकुमार द्विवेदीले बताए । ‘हिजो हामीले विमानस्थलबाट फर्काइएका महिलासँग सोधपुछ गर्दा उनीहरूलाई कहाँ जानेसम्मको जानकारी थिएन,’ एसएसपी द्विवेदी भन्छन्, ‘यसरी सयौँ नेपाली चेलीबेटीलाई मध्यपूर्वका विभिन्न देशमा बेचिएपछि हामीले विमानस्थलमा विशेष टोली खटाएर रोक्न थालेका छौँ ।’

प्रहरीका अनुसार भिजिट भिसामा संयुक्त अरब इमिरेट्स, कुवेत, सिरिया, लिबिया, इराक, ओमानजस्ता देशमा पुगेका नेपाली महिला शारीरिक शोषणको सिकार हुने गरेका छन् । प्रहरीले कुवेतबाट सात, दुबईबाट दुई तथा इराक र लिबियाबाट एक–एकजनालाई उद्धार गरेको छ । थप केही उद्धारको प्रतीक्षामा छन् ।

ब्युरोले गरेको अनुसन्धानअनुसार जनावरजस्तै मूल्य नै तोकेर नेपाली महिलाको ती देशमा घरेलु कामदारका लागि बिक्री हुने गरेको छ । ‘उताको एजेन्टले महिला पठाउन भनेर सुरुमै नेपालमा पैसा पठाइदिन्छन्, यताबाट महिला खोजेर उनीहरूको फोटो र भिडियो पठाई मोलतोल हुँदो रहेछ,’ एसएसपी द्विवेदी भन्छन्, ‘यहाँबाट महिला प्लेन चढ्नुभन्दा अघि नै उनको विदेशमा बिक्री भइसकेको हुन्छ ।’

एजेन्टहरूले एक महिलाकै लागि लाखौँ लिने र उनीहरूलाई खरिद गरेको शैलीमा शोषण गर्दै आएको उद्धार गरिएका महिलाले बताउने गरेका छन् । लिबियाबाट फर्किएकी एक महिलाले आफ्नो अनुहार नै जलाएर यातना दिएको बताएकी छिन् । आफू राम्री भएको र आफ्नो श्रीमान्सँग नजिकिन सक्ने भएकाले सुन्दरता बिगारिदिन त्यहाँको घरधनी महिलाले त्यसरी यातना दिएको उनले बताएकी छिन् ।

इराकबाट फर्किएकी एक महिलाले आफूमाथि पनि चरम शोषण भएकाले हारगुहार गरेर स्वदेश फर्किएको बताएकी छिन् । उनीहरू दुवैजना अध्यागमनको सेटिङमा त्यहाँ पुगेका थिए । फर्कन खोज्दा आफूहरूले लाखौँ रुपैयाँ तिरेर किनेकाले त्यो पैसा दिए मात्र जान दिने भन्दै उनीहरूले बन्धकसमेत बनाउने गरेका छन् ।

पछिल्लो तीन महिनामा यसरी फर्जी कागजपत्र प्रयोग गरी घुम्ने बहानामा खाडी देशहरूमा काम खोज्न जान लागेका ६ सय ४० जनालाई प्रहरीले विमानस्थलबाट फिर्ता गरेको छ । फिर्ता गरिएकामाथि सोधपुछ गर्दा धेरैले आफू जान लागेको ठाउँको नामसमेत बताउन नसकेको ब्युरोका एसपी दानबहादुर मल्ल बताउँछन् । शैक्षिक प्रमाणपत्र तथा बैंक स्टेटमेन्टलगायत कागजपत्र नक्कली बनाई गिरोहले उनीहरूलाई पठाउन लागेको थियो । तर, पीडितहरूले सहयोग नगर्दा प्रहरीले गिरोहका नाइकेलाई भने पक्राउ गर्न सकेको छैन । पीडितहरूले उजुरी नदिने प्रवृत्तिले समस्या भएको एसएसपी द्विवेदी बताउँछन् । मानव बेचबिखनसम्बन्धी मुद्दामा पीडितले उजुरी नदिएसम्म अनुसन्धान गर्न नमिल्ने प्रावधान छ ।

प्रहरीले पाएको सूचनामा मेनपावर र ट्राभल एजेन्सीले नै यसरी भिजिट भिसामा विभिन्न देशमा पठाउँदै आएका छन् । विगतमा अध्यागमन कार्यालयमा समेत उनीहरूको सेटिङ रहेकोमा प्रहरीको कडाइले पछिल्लो समय यस्तो प्रवृत्तिमा कमी आएको छ । भिजिट भिसाको नाममा मानव तस्करी बढेको सूचनापछि प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नै यसमा चासो राखी विमानस्थलमा कडाइ गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका हुन् । प्रहरीले कडाइ गरेपछि केही व्यक्ति मानव अधिकारको प्रश्न उठाएर भिजिट भिसाको सेटिङलाई खुलाउन लबिङ गरिरहेका छन् ।

मानव बेचबिखनमा एयरलाइन्सका कर्मचारीदेखि अध्यागमनसम्मको मिलेमतो हुने गरेको प्रहरी अधिकारी बताउँछन् । एयरलाइन्स कम्पनीहरूले पर्याप्त कागजपत्र नभई बोर्डिङ पास दिन मिल्दैन । तर, बिहीबार हिमालय एयरलाइन्सका कर्मचारीले जस्तै सेटिङमा बोर्डिङ पास जारी हुने र अध्यागमनले पनि सहजै प्रस्थान अनुमति दिने गरेको छ । मानव बेचबिखन रोक्नका लागि सबै सरोकारवालाबीच समन्यव आवश्यक रहेको एसएसपी द्विवेदी बताउँछन् । एयरलाइन्स कम्पनीबाट हुने कमजोरीबारे प्रहरीले नागरिक उड्डयन कार्यालयलाई समेत ध्यानाकर्षण गराएको छ ।

भिजिट भिसामा नयाँ मापदण्डपछि पनि उस्तै समस्या
भिजिट भिसालाई खुकुलो गर्दा धेरै बेचबिखनमा पर्ने र कडाइ गर्दा व्यक्तिगत अधिकारमाथि हनन भएको आरोप लाग्ने गरेको छ । यही विवादपछि गृह मन्त्रालयले हालै नयाँ मादपण्ड बनाई लागू गर्न लागेको छ । जसमा वार्षिक न्यूनतम चार लाख कर प्रणालीमा आबद्ध आय हुनुपर्ने र दुई लाख मौज्दात हुनुपर्ने

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

03/12/2026
छठ पर्व आजदेखि सुरु,पहिलो दिन आज‘नहाय,खाय’

छठ पर्व आजदेखि सुरु,पहिलो दिन आज‘नहाय,खाय’

10/25/2025
बिराटनगरमा निस्किने रथयात्रामा कडा सुरक्षा घेरा : आकाशबाट ड्रोन, जमिनमा एक हजार प्रहरी ।

बिराटनगरमा निस्किने रथयात्रामा कडा सुरक्षा घेरा : आकाशबाट ड्रोन, जमिनमा एक हजार प्रहरी ।

08/17/2025
दुहबीको महेन्द्र मेमोरियल एकेडमीमा राधा–कृष्ण रूप सज्जा प्रतियोगिता ।

दुहबीको महेन्द्र मेमोरियल एकेडमीमा राधा–कृष्ण रूप सज्जा प्रतियोगिता ।

08/16/2025
आज इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र’ मनाइँदै, देशभर सार्वजनिक विदा ।

आज इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र’ मनाइँदै, देशभर सार्वजनिक विदा ।

03/31/2025
सुनसरीको गाउँ गाउँमा जितियाको रौनक !

सुनसरीको गाउँ गाउँमा जितियाको रौनक !

09/25/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist