प्रदेश १ / शनिबार मुस्लिम सामुदायले मनाउने ईद पर्वको बारेमा मुस्लिम आयोगले इज उल अज्हा (ईद) घरमै नमाज पढेर मनाउन आग्रह गरेको छ । आयोगले नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेको भन्दै सम्पूर्ण मुस्लिम समुदायमा यस्तो अनुरोध गरेको हो ।
‘…ओल्माहरू, मुफ्तिहरू, नेपाली जामे मस्जिद, पञ्च काश्मिरी तकिया जामा मस्जिदका पदाधिकारीहरूको सल्लाह बमोजिम अन्य सबै आ–आफ्नो तरिका अनुसार घरमै बसी नमाज पढी ईद मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु’ आयोगका अध्यक्ष समिम मियाँ अन्सारीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।