• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

मुस्लिम धार्मिक सभा इज्तेमालाई गृहले दिएन अनुमति,कार्यक्रम स्थगन गराउन सुनसरी प्रशासनको पत्राचार

काेचिला खबर by काेचिला खबर
11/13/2023
in मुख्य
107
SHARES
485
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहवी नगरपालिका १ प्रास्टोकी र इटहरी उपमहानगरपालिका १३ खनारमामा हुन लागेको मुस्लिम धर्म सभा प्रवचन इज्तेमालाई सुनसरी प्रशासनले स्विकृत नदिने भएको छ ।

गृह मन्त्रालयको च.न.८५९ बाट प्राप्त पत्रको आदेश बमोजिम सुनसरी प्रशासनले धार्मिक सभालाई स्विकृती नदिने निर्णयमा पुगेको हो । इजाजतका लागि कार्यालयमा प्राप्त निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय सुनसरीले कार्यक्रमका बारेमा गृह मन्त्रालयसंग राय माग गरेको थियो ।

गृह मन्त्रालयले हालको सुरक्षा संवेदनशीलताका कारण कार्यक्रम स्थगन गर्नु, गराउनु भनी आदेश सहितको पत्राचार गरेकाले दुवै स्थानका धार्मिक सभा इज्तेमालाई स्विकृत नदिने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

गृहको आदेश बमोजिम जिल्ला स्थित सुरक्षा समितिको बैठक बसी तत्काललाई कार्यक्रमका हकमा स्विकृति नदिने निर्णय गरेको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । गृह मन्त्रालयको आदेश कार्यान्वय गर्नु र गराउनु प्रमुख दायित्व भएकाले सोही बमोजिमको निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले कार्यक्रम स्थगन बारे इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकालाई लिखित जानकारी समेत गराइ सकिएकोे र आयोजक पक्षलाई समेत सो बारे जानकारी दिइएको उहाँले बताउनुभयो ।

कार्यक्रम स्थगत गर्न आदेश भएकाले सोही बमोजिम गर्न आयोजक समक्ष आग्रह समेत गरेको सुनसरी प्रशासनले जनाएको छ । आयोजक पक्षले सोही बमोजिम कार्यक्रम स्थगन गर्नेमा विश्वस्त रहेको प्रशासनले जनाएको छ । स्विकृती बिना कुनैपनि कार्यक्रम संचालन गर्न नपाइने स्पष्ट पारेको छ ।

सुनसरीको खनारमा मंसिर ५ देखि ७ र दुहवीमा ७ देखि ९ गते सम्म इज्तेमा कार्यक्रम आयोजना गर्न लागिएको थियो । छोटो दुरीमै र समय समेत मिल्दोजुल्दो हुनेगरी दुहवी र खनारमा एकसाथ दुई फरक समूहले इज्तेमाको आयोजना गर्न लागेका थिए ।
प्रशासनको स्विकृती बेगर नै कार्यक्रमका लागि आयोजकले तिव्र तयारी थालेका थिए ।

इटहरी १३ खनारको दाँजोमा दुहवी १ मा तयारी गरिएको इज्तेमा ठूलो हुने अपेक्षा गरिएको थियो ।
दुहवीमा आयोजना गर्न लागिएको इज्तेमाका लागि ४० विगाह बढी क्षेत्रफलमा पण्डाल निर्माण गरिएको छ । उक्त कार्यक्रममा सहभागीताका लागि भारत, पाकिस्तान र बङगलादेशका मुस्लिम अगुवा र प्रतिनिधि आइसकेका छन् ।

अन्य देशबाट समेत कार्यक्रममा सहभागीता जनाइने बुझिएको थियो धार्मिक सभाको भारतबाट आएका मुस्लिम धर्मगुरुले प्रवचन दिन कार्यक्रम रहेको थियो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist