दुहबी / हिन्दु स्वयम सेवक संघ दुहबीले आयोजना गरेको ७ दिने प्राथमीक शिक्षा बर्ग तालिम कार्यक्रमका प्रमुख अतिथि तथा दुहबी नगर प्रमुख बेद नारायण गच्छादारले समुद्घाटन गरेका छन ।
दुहबी ५ स्थिति रहेका सरस्वती मा . वि .को प्राङगणमा गत १० गते देखी सुरुभएको उक्त तालिममा स्वयम सेवक संघ केन्द्रीय सह संचालक कल्याण तिम्सिना, संघका दुहबी अध्यक्ष रमेश थापा, केशब छात्राबास अध्यक्ष ओ म प्रकास रौनियार, बिद्यालय ब्यावस्थापन समिति अध्यक्ष ब्रह्म प्रकाश रौनियार, सन्चालक राज कुमार रौनियार लगायतको उपस्थिति रहेको थियो ।
७ दिन सम्म चल्ने उक्त तालिममा सुनसरीका बिभिन्न पालिकाका
हिन्दु स्वयम सेवक युवाहरुको स्वतस्फुर्त सहभागिता रहेको आयोजकले जनाएका छ्हन ।
उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख गच्छादारले आफ्नो धर्म, कर्म, संस्कृति र पहिचानलाइ चिन्न र यस्को संरक्षण गर्दै जगेर्ना गर्न युवाहरुलाइ हौसला प्रदान गरेका थिए।
कुनै शाशकले जातिय बिभेदका आधारमा कर्म बिभाजन गर्दा कथित प्रतिकुल जात्क क्षेमतावान ब्यक्ति समेतले खुम्चिनु र अवसर नपाउने कारण मुलुक समृद्द हुन नसक्नु कारक रहेको बताउदै उनले भने, हाल नेपालमा धार्मिक मिसिनरीहरु गरिब र निमुखा समुदाय मार्फत हिन्दुहरुलाइ बदनाम गरि धर्म परिवर्तन गराइ रहेकोले देशका साशक र नितिनिर्माण तहमा बसेका हरुले रास्ट्रीयता र हिन्दु धर्मावलम्बिहरु जोगाउन सबैभन्दा पहिला गरिबि अन्त्य गर्न लाग्नु पर्नेमा जोड दिए।
देश र हिन्दुत्वको दुश्मन गरिबि हो, जबसम्म यस्लाइ चिर्न सकिन्न तबसम्म हाम्रो रास्ट्रीयता र हिन्दुहरु माथि आक्रम्ण रहने भन्दै उनले, सनातन धर्मले सिकाएको बाटोमा सहि तरिकाले एकताबद्द हुदै हिडेदेखि संसारको कुनै शक्तिले दबाउन नसक्ने उद्घोष गरे । हिन्दु स्वयम सेवकको भवन बनाउन आफुले ८ कट्ठा जग्गा उपल्ब्ध गराए पनि हाल सम्म सुरु हुन नसक्नु हिन्दु स्वयम सेवक युवा संघमा आत्मा बिस्वासको कमि भएको हुनसक्ने भन्दै अब छिटै बन्नेमा आशाबादी रहेको जनाए ।
केन्द्रिय सह संचालक कल्याण तिम्सिनाले नेपालका हिन्दुहरुमाथी संगठित आक्रमण सुरु भैसकेको हुदा त्यसको बिरुद्द उत्रीन स्वयम सेवक संघले नेपाल भरि र ६५ मुलुकमा तालिम संचालन गरेको बताए ।
सर्लाहि, नेपालगन्ज, धरान लगाएतका क्षेत्रबाट बाहिरि शक्ति र धर्मपरिवर्तकारी हरुले नेपालका हिन्दुमाथि योजना बनाएर आक्रमण सुरु गरेको हुदा अब स्वयम सेवक संघले रास्ट्रीयता र धर्म बचाउन अगाडि बढ्नु पर्ने बताए।