२७ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस -कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नेपालमा जम्मा १६ हजार ७ सय १९ संक्रमित पुगेको छ।
साथै थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो ।





