दुहबी(कोस)/१० वर्षकी नावालिकालाई जवरजस्ती करणी गरी
१० महिना देखि फरार रहेका बर्जु १ नम्बर वडाका प्रेम बहादुर गुरुङ पक्राउ परेका छन् ।
२०७९ साल अषाढ महिनामा जिल्ला सुनसरी बर्जु गा.पा. वडा नं. १ वस्ने वर्ष २६ को प्रेम बहादुर गुरुङले १० वर्षकी नावालिकालाई जवरजस्ती करणी गरी फरार रहेका प्रेम बहादुर गुरुङलाई सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खोज तलाश गर्दै जाँदा जिल्ला दाङ तुलसीपुर उप.म.न.पा. स्थितमा रहदै आएको भन्ने बुझिन आएकोले ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङसंग आवश्यक समन्वय गरी यस ईलाका प्रहरी कार्यालय दुहबीबाट खटी गएका प्रहरी टोलीले गत बिहिवार पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको जनाइएको छ ।





