• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

एसईई ४० हजारमा पास गराउने ठेक्का:नक्कली परीक्षार्थीले दैनिक १ हजार लिएर परीक्षा दिनआएको खुलासा

काेचिला खबर by काेचिला खबर
04/07/2023
in मुख्य
68
SHARES
309
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / शिक्षा क्षेत्रमा कुन हदसम्मको बेथिति हुर्किरहेको छ भन्ने प्रमाण उजागर हुने गरीको घटना मोरङमा सार्वजनिक भएको छ माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने मोरङमा एकै दिन ठूलो संख्यामा नक्कली परिक्षार्थी पक्राउ परेपछि यो रहस्य बाहिरिएको हो

मोरङका विभिन्न तीन वटा परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिँदै गरेका १९९ जना नक्कली परीक्षार्थीलाई बिहीबार पक्राउ गरेको हो ।
एसईईभन्दा माथिल्लो तह उत्तीर्ण व्यक्तिहरू अर्काको नाममा परीक्षा दिन आएका केराबारी गाउँपालिकामा रहेको सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना नक्कली परीक्षार्थी पकाउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएपी रञ्जनकुमार दाहालले जानकारी दिए । त्यस्तै झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जनालाई नियन्त्रणमा लिइएको हो ।

नक्कली परीक्षार्थी खुल्लातर्फका परीक्षा दिने रहेको परीक्षा केन्द्रअध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानध्यापक अशोक लुईटेलले बताए । सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर रहेको छ । पाँचौ दिन सामाजिक विषयको परीक्षामा नक्कली परीक्षार्थी भेटिएको उनले बताए । ‘प्रवेश पत्रको फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्म मिति सोधेको थिएँ । भन्न नसकेपछि केरकार गर्दा नक्कली रहेको थाहा भयो,’ परीक्षा केन्द्रअध्यक्ष लुइँटेलले भने ।

सरस्वती स्कुलमा ११ वटा कोठमा परीक्षा भइरहेको छ । ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो । नक्कली परीक्षार्थीहरू परिचालन कन्सल्टेन्सीले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘परीक्षा दिन आउने नक्कली परीक्षार्थीहरूले दैनिक ७ सय देखि एक हजार रुपैयाँसम्म लिएर परीक्षा दिन आएको प्रारम्भिक बयानको क्रममा बताएका छन्,’ डिएसपी दाहालले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ । थप विषय अनुसन्धानपछि खुल्नेछ

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पास गराउने जिम्मा लिएर एक जना विद्यार्थीबाट कन्सल्टेन्सीले ३० देखि ४० हजार रुपैयाँसम्म लिएको खुलेको छ । ‘खुल्ला तर्फका विद्यार्थीले कन्सलटेन्सीलाई एकमुष्ठ रकम बुझाएपछि पास गर्ने जिम्मा लिनेगर्दछ । त्यसपछि कन्सल्टेन्सीले नक्कली परीक्षार्थी खडा गरेर परीक्षामा सामेल गराएको पाइएको छ,’ अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकारीले भने ।

नक्कली परीक्षार्थीले व्यापारीेखि विभिन्न क्षेत्रमा लागेका व्यक्तिको परीक्षा दिएको बुझिएको छ । सक्कली परीक्षार्थीहरू धेरै काठमाडौंतिर बसोवास रहने रहेको बताइएको छ । पक्राउ परेका नक्कली परीक्षार्थीहरूलाई प्रहरीले शिक्षा ऐन २०२८ अनुसार कारवाही प्रक्रिया अगाडी बढाउने डिएसपी दाहालले बताए । उनीहरुलाई प्रहरीले शुक्रबार मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको छ ।

नक्कली परीक्षार्थीले दिएको परीक्षा रद्द

पक्राउ परेका नक्कली परीक्षार्थीहरुले दिएका सबै परीक्षा रद्द गरिने जिल्ला शिक्षा समन्वय इकाइ मोरङले जानकारी गराएको छ । जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमका अनुसार पक्राउ परेका नक्कली परीक्षार्थीहरुले दिएको सबै परीक्षा रद्द हुने बताए ।

यसपटकको एसईईमा बिहीबारसम्म पाँच वटा विषयको परीक्षा भएको छ । नेपाली, अंग्रेजी, गणित ,विज्ञान र सामाजिक विषयको परीक्षा भएको छ । ‘यी पाँच वटै परीक्षा रद्द हुनेछन,’ उनले भने, ‘सबै उत्तर पुस्तिका रद्द हुनेछ । अब सक्कली परीक्षार्थीले पनि परीक्षामा सामेल हुन पाउनेछैनन् ।’
मोरङमा ७ वटा विद्यालयमा खुल्ला विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको छ । जसमा १ हजार ३२ विद्यार्थी सहभागी छन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025
जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

09/14/2025
जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

09/07/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist