• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

कोशीका केही सांसदलाई मासिक ३४ हजारको लोभ-छोराछोरी,बुहारी र ज्वाइँलाई बनाए स्वकीय सचिव

काेचिला खबर by काेचिला खबर
04/03/2023
in मुख्य
62
SHARES
283
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / कोशी प्रदेशसभाका सदस्यहरुले छोराछोरी, बुहारी ज्वाइँ र नजिकका आफन्तलाई स्वकीय सचिवमा नियुक्त गरेको पाइएको छ ।

कोशी प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ ले प्रदेशसभा सदस्यलाई एक जना स्वकिय सचिव राख्न पाउने व्यवस्था गरेको छ । सो व्यवस्थाअनुसार नायव सुब्बा बराबरको तलब तथा सेवा सुविधा पाउने गरी प्रदेशसभा सदस्यहरुले छोराछोरी, ज्वाइँ, बुहारी र नजिकका आफन्तलाई स्वकीय राखेका छन् ।

सूचना हक प्रयोग बाट प्राप्त गरेको दस्ताबेजमा ४ जना प्रदेश सभा सदस्यले आफ्नै छोरालाई तलब भत्ता खुवाउने गरी स्वकीय सचिव नियुक्त गरेको भेटिएको छ । एक जना प्रदेश सभा सदस्यले छोरी, एक जनाले ज्वाँई र एक जना प्रदेश सभा सदस्यले बुहारीलाई स्वकीयमा नियुक्ति गरेको भेटिएको छ ।केहीले भने नजिकका आफन्तलाई स्वकीय बनाएर जागिर खुवाउन थालेका छन् ।

स्वकीयमा नियुक्तहरूले पुसदेखि तलब खान थालेका छन् । उनीहरूले मासिक ३४ हजार रुपैयाँ तलब खाने गर्छन् । यसरी छोरालाई स्वकीयमा नियुक्त गर्ने प्रदेश सभा सदस्य हुन् सुनसरी क्षेत्र नम्बर ३ (१) बाट विजयी रोहित बहादुर कार्की । एमालेबाट विजयी भएका कार्कीले छोरा प्रह्लाद कार्कीलाई स्वकीय नियुक्त गरेका हुन् । उनलाई स्थानीय पार्टी कमिटीले छोरालाई स्वकीय नराख्न समेत भनेको थियो । तर पार्टीले भन्दा भन्दै पनि उनले छोरा प्रल्हादलाई स्वकीय राखेर तलब सुबिधा खुवाउन थालेका छन् ।

यस्तै एमालेबाट निर्वाचित प्रदेश सभा सदस्य उमाकान्त गौतमले पनि कान्छा छोरा प्रज्वल गौतमलाई स्वकीय सचिव बनाएका छन् । गौतम मोरङ क्षेत्र नम्बर १(२) बाट निर्वाचित भएका हुन् । यस्तै माओवादीबाट निर्वाचित कोसी प्रदेश सभा सदस्य नारायण बुर्जा मगरले पनि माइलो छोरालाई स्वकीय नियुक्त गरेका छन् । उनका छोरा चित्रबहादुर बुर्जा मगर हुन् । उनी आफैँले आफू नारायण बुर्जा मगरको स्वकीय भएको बताए । माओवादी केन्द्रबाट निर्वाचित प्रदेश भा सदस्य बुर्जा मगरले स्वकीयमा होम बस्नेतलाई राखेको बताए ।

उनले भने,‘ होमको प्लस टु पास गरेको डकुमेन्ट भएन उसलाई तलब खुवाउनका लागि छोराको डकुमेन्ट पेस गरेको हुँ । अरूलाई स्वकीय बनाउँदा होमले तलब खान नपाउने भएकाले संसद् सचिवालयमा छोराकै कागजात पेस गरेको हँ । छोरालाई तलब खुवाएको छैन ।’

यस्तै एमालेबाट प्रदेश सभामा समानुपातिक तर्फबाट सदस्य भएका झापाका नम्बर लाल धिमालले पनि छोरा सूर्यप्रकाश धिमाललाई स्वकीय नियुक्त गरेका छन् । यसै गरी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले भने आफ्नै ज्वाँइैलाई स्वकीयमा नियुक्त गरेर तलब भत्ता खुवाउन थालेका छन् । मोरङ क्षेत्र नम्बर ५ (१) मा काङ्ग्रेसबाट निर्वाचित मण्डलले ज्वाँई गजराज मण्डललाई स्वकीय नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसकी समानुपातिक सांसद सुनसरीकी सुनिताकुमारी गुरुङ रामले पनि छोरी शुष्मा रामलाई स्वकीय बनाएकी छन् । डोमी रामसँग विवाह गरेकी सुनिताले रामकी अर्की श्रीमती तर्फकी छोरीलाई स्वकीय बनाएकी हुन् । स्वकीय शुष्माले आफूहरू आफन्त नभएको दाबी गरे पनि बुबा भने डोमी भएको बताइन् । मङ्सिर १६ गते सामाजिक सञ्जालमा सुनिताको फोटो राख्दै शुस्माले सांसद हुनु भएकोमा बधाई छ मम्मी लेखेकी छन् ।

कानूनले छोरा छोरी स्वकीय राख्न नपाउने व्यवस्था नगरे पनि राज्यकोको सुबिधा लिने गरी आफन्तलाई नियुक्त गरिनु नैतिकताको प्रश्न भएको नेपाली काङ्ग्रेसबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी खगेश्वरी पौडेलले बुहारीलाई स्वकीय बनाएकी छन् । उनले बुहारी अस्मिता तिम्सिनालाई स्वकीय बनाएकी हुन् । अस्मिताले आफू खगेश्वरीको बुहारी भएको स्वीकार गरिन् ।

झापाका सांसद भूमि प्रसाद राजवंशीले भतिजी बुहारीलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । उनका भतिज इन्द्र राजवंशी हुन् । सांसद लखी कुमारी गणेश आफ्नै परिवार भित्रको सदस्यलाई स्वकीयमा नियुक्त गरेकी छिन् । लखीकुमारीका स्वकीय सन्तोषप्रसाद गणेशले आफूहरू परिवार भित्रकै सदस्य भएको बताए ।

प्रदेशसभा सदस्य सुनिता गच्छदारले आफ्ना देवारलाई स्वकीयमा नियुक्त गरेकी छिन् । गच्छदारका देवर जननीपतिनाथ गच्छदार हुन् । गच्छदार उनका देवर हुन् । प्रदेश सभा सदस्य ललिताकुमारी चौधरीले दीपशिखालाई स्वकीय राखेकी छिन् । उनीहरू बिच फुपू भदैनीको सम्बन्ध छ उदयपुरकी सांसद लिला कुमारी राईले आफ्नै भदाहा भाइलाई स्वकीय बनाएकी छिन् ।

प्रदेशसभा सदस्यले स्वकीय नियुक्तको व्यवस्था प्रदेश सभाका पदाधिकार तथा सदस्यको पारिश्रमिक र सुबिधा सम्बन्धी ऐन २०७५ ले प्रत्येक प्रदेश सभा सदस्यले एक जना नायव सुब्बा सरहको एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको छ ।

कोशी प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले ‘योग्यता पुगेको व्यक्तिलाई प्रदेश सभा सदस्य स्वयम्ले नियुक्ति गरी प्रदेश सभा सचिवालयलाई जानकारी गराउने व्यवस्था रहेको बताए ।

उनले भने, सो को आधारमा नियुक्त भएको व्यक्तिको बैङ्क खातामा मासिक रूपमा प्रदेश सभा सचिवालयले पारिश्रमिक पठाउने गर्छ ।’यो समाचार नेपाल प्रेस बाट ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025
जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

09/14/2025
जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

09/07/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist