• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

प्रदेश १ प्रदेश सभाको पाँच वर्षको खर्च १ अर्ब २ करोड

काेचिला खबर by काेचिला खबर
12/29/2022
in मुख्य
75
SHARES
341
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / प्रदेश १ प्रदेश सभाको पहिलो कार्यकालमा एक अर्ब २ करोड ७० लाख रुपैयाँ भन्दा बढी खर्च भएको छ । पाँच वर्षको अवधीमा सांसद ,कर्मचारीको तलब भत्ता र भवन निर्माण, सवारी खरिद, मर्मत सम्भारलगायत शीर्षकमा एक अर्ब २ करोड ७० लाख ३४ हजार ८०६ रुपैयाँ खर्च भएको हो

प्रदेश सभा सचिवालयको स्थापना २०७४ माघ १७ गते भएको थियो । जिल्ला समन्वय समितिको भवनमा स्थापना भएको प्रदेशसभा सचिवालयले सोेही कार्यालय परिसरमा २ करोड ५९ लाखलागतमा छुटै बैठक भवन बनाएको छ ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार २०७४ साल माघ १७ गतेदेखि २०६९ असोज १ गतेसम्म प्रदेशसभाको सम्पूर्ण शीर्षकमा सो खर्च भएको हो ।

प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशले स्थायी राजधानी तोके पनि आफ्नो नाम राख्न सकेन् । प्रदेशसभाको पहिलो कार्यकालको १० वटा अधिवेशनमा २९४ वटा बैठक बसेको थियो । पाँच वर्षको अवधीमा प्रदेश सभाबाट तीन वटा सरकार गठन भएका थिए ।

पाँच वर्षको अवधीमा ६२ वटा सरकारी विधेयक र दुई वटा नियमावली पास गरेको प्रदेश सभाले पाँच वर्षमा सांसद, कर्मचारीको तलब भत्ता, सुविधालगायत शीर्षकमा (चालु तर्फ) ८० करोड ७९ लाख ६० हजार ३८० रुपैयाँ खर्च गरेको थियो । यो छुट्याएको बजेटको ६४ प्रतिशत हो । पाँच वर्र्षमा चालु तर्फ १ अर्ब २६ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

प्रदेश सभा सचिवालयका अनुसार पूजीगततर्फ पाँच वर्षमा ३७ करोड ५६ लाख १८ हजार बजेट विनियोजन भएको थियो । जसमा २१ करोड ९० लाख ७४ हजार ४२६ रुपैयाँ खर्च भयो । यो खर्च पूजीगत तर्फको बजेटको ५८.३२ प्रतिशत हो ।

चालु र पूजीगत तर्फ प्रदेशसभाले पाँच वर्षमा एक अर्ब ६३ करोड ७५ लाख ८७ हजार ५७६ रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमा एक अर्ब २ करोड ७० लाख ३४ हजार ८०६ रुपैयाँ खर्च भएको सचिव पराजुलीले जानकारी दिए । पहिलो कार्यकालमा प्रदेशसभा सचिवालयले वार्षीक सरदर करिब २० करोड ५४ लाख ६ हजार ९६१ रुपैयाँका दरले खर्च गरेको छ ।

तीन सरकार, ६२ कानुन

प्रदेशसभाको पहिलो कार्यकालमा तीन वटा सरकार गठन भयो । २०७४ फागुन ३ गते प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका थिए । तत्कालीन नेकपा विभाजन भएपछि २०७८ भदौ ११ गते एमालेबाटै भीमप्रसाद आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।

आचार्यले विश्वासको मत नलिई राजीनामा दिएपछि कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनबाट २०७८ कात्तिक १६ गते राजेन्द्र राई मुख्यमन्त्री नियुक्त भए ।

शेरधन राई र भीम आचार्य मुख्यमन्त्री रहँदा प्रदेशमा ७ वटा मन्त्रालय थिए । गठबन्धनमा भागवण्डा मिलाउनका लागि ७ वटा मन्त्रालय फुटाएर १३ वटा बनाइएको थियो ।

प्रदेशसभाको १० वटा अधिवेशनमा २ सय ९४ वटा बैठक बसेको थियो । सचिवालयका अनुसार ती बैठक जम्मा ३ सय ६६ घण्टा ४५ मिनेट बसेको थियो । ९३ सदस्यीय प्रदेशसभा सदस्यले शून्य समयमा ८८५ पटक, विशेष समयमा ५६ पटक, दलको तर्फबाट ६४ पटक र विधेयकको छलफलमाथि १ हजार ८२ पटक प्रदेशसभा सदस्यहरुले बैठकमा बोलेका थिए

प्रदेश १ को नयाँ संसदको पहिलो अधिवेशन पुस १७ गते दिउँसो १ गतेबाट सुरु हुँदैछ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025
जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

09/14/2025
जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

09/07/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist