• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

भगवती चौधरीको निर्वाचन आचारसंहिता विरुद्ध अभिव्यक्ति गोलि हान्ने देखि छुरा घोप्नु सम्म ।

काेचिला खबर by काेचिला खबर
10/21/2022
in मुख्य
101
SHARES
460
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेकी भगवती चौधरीले कार्यकर्तालाई उक्साउँदै आचारसंहिता विरुद्ध अभिव्यक्ति दिएकि हुन । छुरा हान्ने र गोली हान्न आफै फिल्डमा उत्रने बताएकी छन् ।
सोही निर्वाचन क्षेत्र अन्तर्गत इटहरी–१४ नम्बर वडामा

आयोजित चुनावी भेटघाट कार्यक्रममा बिहीबार चौधरीले यस्तो अभिव्यक्ति दिएकी हुन् ।

‘म भन्छु, मर्ता क्या नहि कर्ता । अन्तिम अवस्थामा त्यस्तो भयो भने, त्यस्तो चुनौती आयो भने म स्वयं भन्छु, भगवती चौधरी म उम्मेदवार हुँ । यदि साँच्चिकै मानेन, त्यहाँ धाँधली र गलत प्रक्रियाहरु, दुष्प्रयास भयो भने त्यसलाई तोड्नका लागि पहिलो फायरिङ मैले नै गर्छु । पहिले छुरा घोप्नुपर्यो कि त्यसलाई ऊ गर्नुपर्यो कि’, उनले भनिन्, ‘त्यसरी हाम्रा कार्यकर्ता पनि हरेक बुथमा, हरेक लाइनमा, हरेक गाउँमा कहाँ गडबड हुँदैछ, त्यहाँ धारिलो छुराजस्तो भएर हाम्रा कार्यकर्ता ओराल्छौँ ।’
उनले परिणाममा षड यन्त्र गरी तलमाथि भए आफैले गोली ठोक्ने पनि बताएकी छन् । ‘भोलिपर्सि त्यस्तो हुनसक्छ भने त्यसलाई गोली ठोक्नुपर्यो भने, छुरी हान्न परे पनि भगवती चौधरी तयार छु,’ उनले भनिन् ।

एमालेबाट उम्मेदवार बनेकी चौधरीसँग सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार प्रतिस्पर्धामा छन् । गच्छदारले यसअघि पनि धाँधली गरेर निर्वाचन जितेको चौधरीको आरोप छ । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेकी चौधरीलाई गच्छदारले पराजित गरेका थिए । उनै गच्छदार अहिले तत्कालीन वाम गठबन्धनको एउटा घटक नेकपा माओवादी केन्द्र, एमालेबाट विभाजन भएको पार्टी नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीको समेत समर्थनमा उम्मेदवार छन् ।

चौधरीको यस्तो अभिव्यक्ति निर्वाचन आचारसंहिता विरुद्ध र आपराधिक सोचलाई प्रश्रय दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यादवले यस विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर आवश्यक निर्णय लिने जानकारी दिए ।

चौधरीले राखेको भनाइ जस्ताको तस्तै

युवा संघ, युथ फोर्स, महिला संघ, तपाई हाम्रो किसान संघ । तपाई सबै पार्टीको कार्यकर्ता हो । जसले हामीलाई नकारात्मक दृष्टिकोणले असुरक्षित प्रतिस्पर्धा, अस्वस्थ प्रतिस्पर्धा गर्न खोज्छ भने त्यसलाई निष्पक्ष ढंगले जानुस् भन्ने हाम्रो काम हो, खबरदारी गराउने । यदि भएन भने म भन्छु, मर्ता क्या नहि कर्ता ! अन्तिम अवस्थामा त्यस्तो भयो भने, त्यस्तो चुनौती आयो भने म स्वयं भन्छु, भगवती चौधरी म उम्मेदवार हुँ । यदि साँच्चिकै मानेन त्यहाँ धाँधली र गलत प्रक्रियाहरु, दुष्प्रयास भयो भने त्यसलाई तोड्नका लागि पहिलो फायरिङ मैले नै गर्छु ।

पहिले छुरा घोप्नु पर्यो कि, त्यसलाई ऊ गर्नुपर्यो कि ! त्यसरी चाहिँ हाम्रा कार्यकर्ता पनि हरेक बुथमा, हरेक लाइनमा, हरेक गाउँमा, कहाँ गडबड हुँदैछ, त्यहाँ धारिलो छुराजस्तो भएर हाम्रा कार्यकर्ता ओराल्छौँ । त्यो सँगसँगै म भन्न चाहन्छु मेरा प्रतिपक्षीलाई, जो मेरो दुष्परिणाम निकाल्न खोज्ने, अन्य षड्यन्त्र गर्न खोज्ने, जनताको अभिमतलाई सुरक्षित रुपले परिणाम निकाल्न नदिने त्यस्तो काम गरियो भने त्यसको जवाफ दिनको लागि हामी तयार छौं । त्यसलाई भोलि पर्सि हुनसक्छ भने त्यसलाई गोली ठोक्नुपर्यो भने छुरी हान्न परे पनि भगवती चौधरी तयार छु ।

सोही विषयमा भगवती चौधरी संग बुझ्दा पाटिको आन्तरिक कार्यकरर्ता प्रक्षिण कार्यक्रममा कार्यकरतामा थप उर्जा थपोस भने कुरामा बोलेको कुनै बदनियत हिसाबले नबोले भन्दै उदाहरण मात्र देखोले अर्थलाई अनअर्थ बनाई गलत प्रचार बाजि गरी आफू लाई बदनाम मात्र गर्न खोजेको बताईन ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist