दुहबी / सुनसरीको दुहवीमा मंगलबार पूर्वराज्यमन्त्री सुमित्रा बिश्वास र त्तकालिन लोकतान्त्रिक फोरमका पूर्वजिल्ला सभापति प्रदिप चौधरी सहितको जम्बो टोलि नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन ।

मंगलबार दुहबीमा पत्रकार समेलन मार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।
विगत लामो समयदेखि कांग्रेस पार्टीमा आस्था राख्दै विभिन्न पदमा रहेका नेता तथा पूर्वराज्मन्त्री समेतले पार्टी परित्याग गरेका हुन् ।
सो पत्रकार समेलनमा पूर्वराज्मन्त्री सुमित्रा बिश्वासले दुहवी कांग्रेसभित्र नातावाद, परिवारवाद हावी भएपछि आफुहरु कांग्रेस परित्याग गरेको बताईन ।
मंगलबार पत्रकार सम्मेलन नै गरेर त्तकालिन लोकतान्त्रिक फोरम नेपालका पूर्वजिल्ला सभापति समेत भइसकेका प्रदीप चौधरी, पूर्वराज्यमन्त्री सुमित्रा थरुनी
टेक चन्द बिश्वास – पुर्व गाबिस अध्यक्ष
खेम नारायण चौधरी – क्षेत्र सदस्य
गुलाबी मियां – पुर्व नगर सभापती
सुबिर उपाध्याय – क्षेत्र सदस्य तथा युवा नेता
अशोक केसि – क्षेत्र सदस्य
नेत्र मगर – क्षेत्र सदस्य
मिलिराम राम चौधरी – संस्थापक सचिप
सुनिल साह – क्षेत्र सदस्य
शशि कुमार चौधरी – क्षेत्र सदस्य
सती लाल उराउ – क्षेत्र सदस्य
प्रकाश राई – नगर सदस्य
कन्हैया गुप्ता – युवा नेता
लगायतको जम्बो टोलि पार्टी परित्याग गरेका हुन् ।
सो पत्रकार समेलनमा कांग्रेस पूर्वजिल्ला सभापति प्रदीपचौधरीले भने ”
दुहवीमा कांग्रेसभित्र परिवारवाद हावी भयो । यस पटकको स्थानीय तहको निर्वाचनमा इमान्दार नेता कार्यकर्ताको मुल्यांकन गरिएन ।
दुहवीमा नेपाली कांग्रेस बाट मेयरमा विजयकुमार गच्छदारले आफ्नो परिवार वाद गरी भाई वेदनारायण गच्छदारलाई पुनः मेयरको टिकट दिएर । नगरमा पार्टीभित्रका इमान्दार नेताहरुलाई पन्छाएको भन्दै असन्तुष्टी जनाए ।
यसका अलावा सुनसरीको गढी, बर्जु गाउँपालिकामा समेत पार्टीले आफुहरुलाई सम्मानजनक रुपमा नहेरेको भन्दै कांग्रेस परित्याग गर्नेहरुको जमात बढेको छ । आज पार्टी परित्याग गर्नेहरु कुन पार्टीमा जाने टुंगो भने लागेको छैन । पत्रकार सम्मेलनमा उपस्थित भएकाहरुले केही दिनमा कता जाने टुंगो लाग्ने बताएका छन् । यता बैसाख ३० गतेको स्थानिय चुनावमा मेयर पदमा मनोनय दर्ता गराएका नेपाली कांग्रेसका युवा नेता वेदनारायण गच्छदारले आफु २० औं वर्षदेखी राजनिती गर्दै आईरहेकोमा दुहवीका जनताहरुको एक लोकप्रिय तथा विकाश प्रेमी नेताको रुपमा चिनिएको हुनाले जनता मार्फतबाट नै मेयर पदको टिकट देखी वडा सदस्य पद सम्मको प्रस्ताव भएका कारण आफु पुन मेयर पदको दावेदार दिएको बताउँछन् ।





