दुहबी / राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन सहितको टोलि भोलि मंगलबार दुहबी आउने भएका छन्।
स्थानीय निर्वाचन केही दिन मात्र बांकी रह्दा पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट गर्न भोलि दुहबी आउने भएको राप्रपा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ का अध्यक्ष तथा दुहबी नगर मेयरका उमेदवार ईन्द्र श्रेष्ठले बताएका छन ।
श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन सहितको टोलिमा रेखा थापा , लगायत केन्द्रिय स्तरका नेताहरु भोलि मंगलबार बिहान ९ बजे दुहबी नगरपालिकाको कार्यालयको उत्तर पट्टि कार्यक्रममा सहभागि हुने बताए ।
दुहबीमा दिनहु राप्रपा पार्टी प्रवेशको जन लहर चलिरहेको बेला
लिङ्देन आए पछि थप उर्जा थपिने सो पार्टीका नेता कार्यकर्ता बताउछन ।





