• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
Kochilakhabar

आचारसंहिता पालना गराउन सर्वसाधरणलाई पनि उजुरी गर्न निर्वाचन आयोगको आग्रह

काेचिला खबर by काेचिला खबर
चैत्र ३०, २०७८
in मुख्य
70
SHARES
318
VIEWS
Share on FacebookShare on Twitter

सोमबार निर्वाचन आयोगले सत्तारुढ दल नेकपा एकीकृत समाजवादीलाई ३ दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन दियो चैत २६ गते भृकुटीमण्डपमा गरेको आमसभामा निर्वाचन आचारसंहिता उल्लघंन गरेको आयोगको आरोप छ ।

यस्तै नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई पनि आयोगले स्पष्टिकरण सोध्यो । केहीदिन अघि सार्वजनिक कार्यक्रममा कोइरालाले अघिल्लो बर्षको प्रतिनिधि सभाको चुनावमा ६ करोड खर्च गरेको भन्ने अभिव्यक्ति दिएपछि सो को विवरण ७ दिनभित्र बुझाउन आयोगले निर्देशन दिएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलको जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट नलगाउन र झोला नबोक्न भनेको छ ।

आयोगमा सिधै उजुरी गर्नुस्, कारवाही गर्छौं : आयुक्त भण्डारी।

निर्वाचन आयोगमाथि आचारसंहिता पालनामा कडाई नगरेको भन्ने आरोप लाग्ने गरेपनि त्यो ठीक नभएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । उनले आयोगले आचारसंहिता पालनाबारे कडाईका साथ अनुगमन गरेको बताए ।

आयुक्त भण्डारीले भने–‘आचारसंहिता नै पालना नगर्ने हो भने दलहरूलाई किन चाहियो चुनाव ? सबै दल, निर्वाचनका पक्षहरू अनुशासनमा, कानुनभित्र बस्नु प¥यो निर्वाचन आयोगमाथि आरोप के छ भने सुन्दर अलङ्कार भरेर आचारसंहिता बनाउँछ, त्यो आचारसंहिता कसैले परिपालन पनि गर्दैन । अनि आयोगले अनुगमन गरेर त्यसलाई कार्यान्वयन गर्न तदारुकता पनि देखाउँदैन भन्ने जुन आरोप छ, त्यो आरोपबाट मुक्त हुनका लागि अहिले हामी आचारसंहिता अलि राम्रोसँग परिपालना होस्, परिपालना राम्रोसँग भयो/भएन राम्रोसँग अनुगमन होस भनेर हामी अघि बढिरहेका छौँ ।’

आयुक्त भण्डारीले आयोगले केन्द्रदेखि तल्लो निकायसम्म विभिन्न संयन्त्र बनाएर आचारसंहिता अनुगमन गरिरहेको छ । आचारसंहिता पालना नगर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउने उनले बताए । उनले भने–‘केन्द्रीय स्तरमा केन्द्रीय अनुगमन समिति छ, प्रदेश स्तरमा प्रदेश अनुगमन समिति छ, जिल्ला अनुगमन समिति छ, तहगत रुपमा जिल्ला अनुगमन समिति छ । निर्वाचन आचारसंहिता परिपालन भयो भएन भनेर हेर्न तहगत रुपमा माथिदेखि तलसम्म सबैले परिपालन गराउनका लागि अधिकार पनि प्रत्यायोजन भएको छ । सोहीअनुसार परिपालन गर्नुपर्छ । परिपालन नगरे अनुगमन कर्ताले कानुन अनुसार त्यसलाई कडाईका साथ हेर्ने र कानुन बमोजिम के के गर्न मिल्छ त्यो पनि गर्ने हो ।’

यस्तै आयोगले आचारसंहिता उल्लंघनका घटना भए सर्वसाधारणले सिधै आयोगमा उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ । आयुक्त भण्डारीले सर्वसाधारणले सिधै आयोगमा उजुरी गर्नका लागि विभिन्न सञ्चारका माध्यम खुला रहेको र उजुरी आउने वित्तिकै अनुमान गरिने बताए । रातोपाटीसँग कुरा गर्दै भण्डारीले भने–‘आचारसंहिता उल्लंघन भएको अवस्थामा सर्वसाधारणले तुरुन्त उजुरी गर्न सक्नुहुन्छ, तुरुन्त इमेल लेख्न वा कल सेन्टरमा फोन गरेर जानकारी गराउन सक्नेछन् । भोइस मेलबाट उजुरी गर्न सक्नुहुन्छ । त्यसरी उजुरी आउने वित्तिकै हामी तत्कालै एक्सनमा गइहाल्छौँ ।’

आयोगले उम्मेदवारको कार्यालयमा तुलमा बनाइएको ३×३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्यदृश्य सामग्री बजाउन र प्रदर्शन गर्न नहुने भनेको छ । साथै निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुनेप्रति आयोगले सचेत गराएको छ । आयोगले यही चैत २५ गतेदेखि लागू हुनेगरी निर्वाचन आचारसंहिता जारी गरेको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

सम्बन्धित- खबरहरू

टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

मंसिर १६, २०८०
घुस रकमसहित सब–इन्जिनियर अख्तियारको नियन्त्रणमा

घुस रकमसहित सब–इन्जिनियर अख्तियारको नियन्त्रणमा

मंसिर १४, २०८०
रामधुनी नगरपालिकामा हुँदै नभएको कालोपत्रे झुट्टा बिलमा भुक्तानी दिएर भ्रष्टाचार गरेको आरोपमा पुर्व उप मेयर सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा ।

रामधुनी नगरपालिकामा हुँदै नभएको कालोपत्रे झुट्टा बिलमा भुक्तानी दिएर भ्रष्टाचार गरेको आरोपमा पुर्व उप मेयर सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा ।

मंसिर ११, २०८०
टिकटकले दूरसञ्चार प्राधिकरणलाई लेख्यो पत्र प्रतिबन्धको निर्णयले आश्चर्यमा पर्‍यौं

टिकटकले दूरसञ्चार प्राधिकरणलाई लेख्यो पत्र प्रतिबन्धको निर्णयले आश्चर्यमा पर्‍यौं

मंसिर १, २०८०
मुस्लिम धार्मिक सभा इज्तेमालाई गृहले दिएन अनुमति,कार्यक्रम स्थगन गराउन सुनसरी प्रशासनको पत्राचार

मुस्लिम धार्मिक सभा इज्तेमालाई गृहले दिएन अनुमति,कार्यक्रम स्थगन गराउन सुनसरी प्रशासनको पत्राचार

कार्तिक २७, २०८०
नेपालमा सामाजिक सञ्जल टिकटक बन्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय ।

दूरसञ्चार प्राधिकरणले काट्यो पत्र, २४ घन्टामा टिकटक बन्द हुने दाबी

कार्तिक २७, २०८०

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामीसँग फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

मंसिर १८, २०८०
विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

मंसिर १८, २०८०
९८ प्रकारका औषधि निःशुल्क दिने कार्यक्रम सफल भएन आमा प्रोत्साहन भत्ता कार्यक्रम सफल

९८ प्रकारका औषधि निःशुल्क दिने कार्यक्रम सफल भएन आमा प्रोत्साहन भत्ता कार्यक्रम सफल

मंसिर १७, २०८०
टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

मंसिर १६, २०८०
दुहबीका युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

दुहबीका युवाहरूको संयुक्त पहलमा निशुल्क कपडा तथा जुता बैँक शुरु ।

मंसिर १६, २०८०

सबैभन्दा बढी पढिएकाे

  • दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    1244 shares
    Share 498 Tweet 311
  • दुर्घटनामा परेर दुहबीका हरेराम साह र राजकुमारी चौधरीको मृत्यु, १२ जना घाइते

    1062 shares
    Share 425 Tweet 266
  • आज देखि २ हप्ताकालागि दुहबी लकडाउन, दुहबीनगरपालिकाको कार्यालय एक हप्ताका लागि सिल

    780 shares
    Share 311 Tweet 194
  • ईटहरीका एक युवाको दुहबीमा रहस्यमय मृत्यु

    571 shares
    Share 228 Tweet 143
  • इटहरी विद्युत प्राधिकरणले लापरवाही गरेको भन्दै स्थानीय त्रसित

    551 shares
    Share 220 Tweet 138

काेचिला खबर दैनिक पत्रिकाकाे सह-प्रकाशन

Kochilakhabar

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

Follow Us

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
सबै नतिजा हेर्नुहाेस्

ताजा समाचार

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

डीपीआरको नाममा सकियो लाखौँ बजेट अझै निर्माण भएन झापाको एक पोखरी

मंसिर १८, २०८०
विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धानको छापा

मंसिर १८, २०८०

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist