• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

आचारसंहिता पालना गराउन सर्वसाधरणलाई पनि उजुरी गर्न निर्वाचन आयोगको आग्रह

काेचिला खबर by काेचिला खबर
04/29/2022
in मुख्य
73
SHARES
333
VIEWS
Share on FacebookShare on Twitter

सोमबार निर्वाचन आयोगले सत्तारुढ दल नेकपा एकीकृत समाजवादीलाई ३ दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन दियो चैत २६ गते भृकुटीमण्डपमा गरेको आमसभामा निर्वाचन आचारसंहिता उल्लघंन गरेको आयोगको आरोप छ ।

यस्तै नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई पनि आयोगले स्पष्टिकरण सोध्यो । केहीदिन अघि सार्वजनिक कार्यक्रममा कोइरालाले अघिल्लो बर्षको प्रतिनिधि सभाको चुनावमा ६ करोड खर्च गरेको भन्ने अभिव्यक्ति दिएपछि सो को विवरण ७ दिनभित्र बुझाउन आयोगले निर्देशन दिएको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक दलको जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट नलगाउन र झोला नबोक्न भनेको छ ।

आयोगमा सिधै उजुरी गर्नुस्, कारवाही गर्छौं : आयुक्त भण्डारी।

निर्वाचन आयोगमाथि आचारसंहिता पालनामा कडाई नगरेको भन्ने आरोप लाग्ने गरेपनि त्यो ठीक नभएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । उनले आयोगले आचारसंहिता पालनाबारे कडाईका साथ अनुगमन गरेको बताए ।

आयुक्त भण्डारीले भने–‘आचारसंहिता नै पालना नगर्ने हो भने दलहरूलाई किन चाहियो चुनाव ? सबै दल, निर्वाचनका पक्षहरू अनुशासनमा, कानुनभित्र बस्नु प¥यो निर्वाचन आयोगमाथि आरोप के छ भने सुन्दर अलङ्कार भरेर आचारसंहिता बनाउँछ, त्यो आचारसंहिता कसैले परिपालन पनि गर्दैन । अनि आयोगले अनुगमन गरेर त्यसलाई कार्यान्वयन गर्न तदारुकता पनि देखाउँदैन भन्ने जुन आरोप छ, त्यो आरोपबाट मुक्त हुनका लागि अहिले हामी आचारसंहिता अलि राम्रोसँग परिपालना होस्, परिपालना राम्रोसँग भयो/भएन राम्रोसँग अनुगमन होस भनेर हामी अघि बढिरहेका छौँ ।’

आयुक्त भण्डारीले आयोगले केन्द्रदेखि तल्लो निकायसम्म विभिन्न संयन्त्र बनाएर आचारसंहिता अनुगमन गरिरहेको छ । आचारसंहिता पालना नगर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउने उनले बताए । उनले भने–‘केन्द्रीय स्तरमा केन्द्रीय अनुगमन समिति छ, प्रदेश स्तरमा प्रदेश अनुगमन समिति छ, जिल्ला अनुगमन समिति छ, तहगत रुपमा जिल्ला अनुगमन समिति छ । निर्वाचन आचारसंहिता परिपालन भयो भएन भनेर हेर्न तहगत रुपमा माथिदेखि तलसम्म सबैले परिपालन गराउनका लागि अधिकार पनि प्रत्यायोजन भएको छ । सोहीअनुसार परिपालन गर्नुपर्छ । परिपालन नगरे अनुगमन कर्ताले कानुन अनुसार त्यसलाई कडाईका साथ हेर्ने र कानुन बमोजिम के के गर्न मिल्छ त्यो पनि गर्ने हो ।’

यस्तै आयोगले आचारसंहिता उल्लंघनका घटना भए सर्वसाधारणले सिधै आयोगमा उजुरी गर्न सक्ने व्यवस्था गरिएको छ । आयुक्त भण्डारीले सर्वसाधारणले सिधै आयोगमा उजुरी गर्नका लागि विभिन्न सञ्चारका माध्यम खुला रहेको र उजुरी आउने वित्तिकै अनुमान गरिने बताए । रातोपाटीसँग कुरा गर्दै भण्डारीले भने–‘आचारसंहिता उल्लंघन भएको अवस्थामा सर्वसाधारणले तुरुन्त उजुरी गर्न सक्नुहुन्छ, तुरुन्त इमेल लेख्न वा कल सेन्टरमा फोन गरेर जानकारी गराउन सक्नेछन् । भोइस मेलबाट उजुरी गर्न सक्नुहुन्छ । त्यसरी उजुरी आउने वित्तिकै हामी तत्कालै एक्सनमा गइहाल्छौँ ।’

आयोगले उम्मेदवारको कार्यालयमा तुलमा बनाइएको ३×३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्यदृश्य सामग्री बजाउन र प्रदर्शन गर्न नहुने भनेको छ । साथै निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुनेप्रति आयोगले सचेत गराएको छ । आयोगले यही चैत २५ गतेदेखि लागू हुनेगरी निर्वाचन आचारसंहिता जारी गरेको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist