• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

मोरङको लेटाङमा छात्रामाथि दुर्व्यवहार प्रकरण:झडपमा परि एक महिला प्रहरीकाे मृत्यु

काेचिला खबर by काेचिला खबर
03/21/2022
in मुख्य
91
SHARES
415
VIEWS
Share on FacebookShare on Twitter

यौन दुर्व्यवहारको आरोपित शिक्षकलाई नियन्त्रणमामा लिएर फर्किदै गरको प्रहरीमाथि आक्रमण हुँदा मोरङको लेटाङमा एक महिला प्रहरीको मृत्यु भएको छ । गत शुक्रबार लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोही विद्यालयकी एक छात्रालाई घरमै यौन दुर्व्यवहार गरेको आरोप छ ।

सोही घटनामा आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर फर्किदै गरेको प्रहरी टोलीमाथि आक्रमण भएको हो । प्रहरीमाथि स्थानीय र विद्यार्थीको समूहले आइतबार साँझ आक्रमण गरेको थियो ।

आक्रोशित भिडबाट धारिलो हतियारबाट प्रहरी जवान उर्मिला श्रेष्ठको घाटीमा प्रहार भएको थियो । उनको उपचारको लागि विराटनगर कोशी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी स्रोतको दाबी छ । ति महिला प्रहरीको घाँटीमा गहिरो चोट छ ।

आरोपित शिक्षकलाई विद्यालय परिसरबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लेटाङ लैजाने क्रममा बाटोमै आक्रमण भएको थियो । सो क्रममा प्रहरी तर्फ एक दर्जनभन्दा बढी प्रहरी घाइते भएका छन् ।

आरोपित शिक्षक विद्यालयका पदाधिकारीसँग छलफल गर्न पुगेका थिए ।

शिक्षक पौडेललाई प्रहरी नियन्त्रणमा रहेकै अवस्थामा प्रदर्शनकारीले आगो लगाउन खोज्दा झडप भएको स्थानीय रमेश सुनुवारले बताए ।

प्रहरीले ति शिक्षकलाई नियन्त्रणमा लिएर हिडाउदै प्रहरी कार्यालय ल्याउने क्रममा प्रदर्शनकारीले आक्रमण गरेका थिए । सोही क्रममा प्रहरी जवान श्रेष्ठमाथि धारिलो हतियार प्रहार भएको प्रत्यक्षदर्शी सुनुवारको दाबी छ। झडपको क्रममा प्रहरीमाथि घरेलु हतियार र रडबाट आक्रमण भएको थियो ।

भीड नियन्त्रणका लागि प्रहरीले हवाई फयार गर्दा आक्रोशित भीडबाट प्रहरीमाथि पेट्रोल खन्याएर आगो लगाउने प्रयास भएको प्रहरीको दाबी छ। प्रहरीले आरोपित शिक्षक पौडेललाई इलाका प्रहरी कार्यालय लेटाङ्गको हिरासतमा राखेको छ ।

अँध्यारो समयमा प्रहरीमाथि एक्कासि आक्रमण भएको थियो । जसमा मोरङका प्रहरी उपरीक्षक जर्नादन जिसी समेत घाइते भएका छन् । प्रहरीमाथि आक्रमण गर्नेहरूको खोजतलास भइरहेको छ ।

१ नं, प्रदेश प्रहरी कार्यालय, बिराटनगरका प्रवक्ता एसपी नवीन राईले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको पुष्टि गरे । उनको उपचारको लागि कोशी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025
जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

09/14/2025
जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

09/07/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist