विराटनगर / प्रदेश १ को मुख्यमन्त्रीको रुपमा भीम आचार्यले सपथ ग्रहण गरेका छन् ।
अहिले अन्य मन्त्री नियुक्ति नगरिने भएको छ ।संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो ।
विराटनगरको होटल एसियाटिकमा आजै संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई आजै मुख्यमन्त्रीको सपथ गराइएको हो ।
प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले आजै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष राजीनामा दिएलगत्तै आचार्यले सपथ ग्रहण गरेका हुन्