• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

किर्ते नागरिकता दिलाएको आरोपमा वडाध्यक्षसहित तीनजना पक्राउ

काेचिला खबर by काेचिला खबर
07/05/2021
in मुख्य
138
SHARES
628
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं / छोरी ज्वाइँलाई छोरो बनाएर किर्ते गरी नागरिकता दिलाएको आरोपमा दाङमा वडाध्यक्षसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भिमबहादुर खड्का, सोही वडाका भिमबहादुर कामी र उनकी छोरी सुशीला विक छन् ।

उनीहरु तीनै जनालाई आइतबार अपराह्न नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवासले जानकारी दिए ।

श्रीमान-श्रीमती बने दाजु-बहिनी

स्थानीयले किर्ते नागरिकतबाारे उजुरी गरेपछि अनुसन्धान गर्दा भिमबहादुर कामीले छोरी ज्वाइँ अर्जुन विकलाई आफ्नो दिवंगत छोरो लिलाराम विकको नामबाट नागरिकता दिलाएको खुलेको खवासले जानकारी दिए ।

२०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यालय लमहीबाट जारी भएको नागरिकतामा खवासकै हस्ताक्षर छ ।

‘कागजपत्र हेर्दा शंका गर्ने ठाउँ कतै देखिँदैन,’ खवासले भने, स्थानीयले तीन दिन अगाडि उजुरी गरेपछि बुझ्दै जाँदा त ज्वाइँलाई छोरो भनेर नागरिकता दिलाउन सिफारिस गरेको पाइयो ।’ यसरी नागरिकता लिएपछि अर्जुन र सुशीला श्रीमान–श्रीमती भए पनि कागजपत्रमा उनीहरु दाजु–बहिनी बनेको पाइएको छ ।

यो काममा भिमबहादुरकी छोरी सुशीला मुख्य मतियारको रुपमा संलग्न भएको पाइएको खवासले बताए । नागरिकता सिफारिस गरेकाले वडाध्यक्ष खड्कालाई पनि नियन्त्रणमा लिइएको र उनले गल्ती स्वीकार गरेको खवासले बताए ।

किर्ते नागरिकतामा लिलाराम विक नाम राखेका अर्जुन विक हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको सुशीला बताएको उनले बताए । सुशीलाले चितवन घर भएका अर्जुनसँग बिहे गरे पनि घरको पूरा ठेगाना थाहा नभएको वयान दिएकी छन् ।

यद्यपि चितवन प्रशासनसँग पनि समन्वय गर्दै नागरिकता खारेजको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइने इलाका प्रशासन कार्यालय लमहीका प्रमुख खवासले बताए l अनलाइनखबर बाट

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025
जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

09/14/2025
जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

09/07/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist