• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

प्रेस युनियन सुनसरीको अभियान “पत्रकारहरु फोन गर्नुस डाक्टर घरमै”

काेचिला खबर by काेचिला खबर
05/17/2021
in FEATURE, मुख्य, समाज, स्थानीय
70
SHARES
316
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ सुनसरीमा रहेका कोरोना संक्रमित पत्रकारहरुलाई सोमबार डाक्टर, नर्ससहितको टोलीले औषधी तथा निःशुल्क परामर्श गर्दा आत्मबल बढेको बताएका छन् ।

इटहरीका पुराना पत्रकार कृष्ण भट्टराई ‘भुल्केली’ ले घरमै आइसोलेट भएर बसेको बेला डाक्टर, नर्ससहित औषधी र परामर्श दिदाँ आफूलाई कोरोनाबिरुद्ध लड्न आत्मबल पुगेको बताए ।

नेपाल प्रेस युनियन सुनसरीले सोमबारदेखि जिल्लामा रहेका संक्रमित पत्रकारहरुको घरमै गएर मोबाइल डाक्टर सेवा सुरु गरेको छ । सोही सन्र्दभमा संक्रमित पत्रकार भट्टराईलले भने, ‘हौशला र आत्मबल भयो भने कोरोनालाई सहज रुपमा जित्न सकिनेरहेछ । घरमै आइसोलेट भएर बस्दा पनि केही गाह्रो भयो भनेपनि उत्प्रेरणा र आत्मबलले कोरोना जितिने रहेछ ।’

प्रेस युनियन सुनसरीले मेडिकल अधिकृत डा. अमितकुमार खतिवडा, स्टार्फ नर्स किरण चौधरी, मेडिकियर पोलिक्लिनिक कालाबन्जरका अध्यक्ष तथा औषधी विज्ञ घनेश्वर शर्मासँगको सहकार्यमा जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर मोबाइल डाक्टर सेवा सुरु गरेको युनियका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

उनका अनुसार गत वर्ष सुनसरीका दुई सय ६० जना सञ्चारकर्मीको प्रेस युनियनले कोरोना बीमा गरेको थियो । ती मध्ये ३० जना सञ्चारकर्मीहरुलाई जनही एकलाखका दरले रकम समेत हस्तान्तरण गरिसकिएको छ ।
यसपटक दोस्रो चरणको भेरियन्ट आइकन पनि झण्डै एक दर्जन पत्रकारहरु संक्रमित भएकाले उनीहरुलाई कोरोना जित्नका लागि आत्मबल बढोस् भन्ने उदेश्यले उक्त अभियान सञ्चालन गरिएको उनले बताए ।

‘हामीले संक्रमित पत्रकारहरुलाई हौशला र आत्मबल बढोस् भनेर डाक्टर, नर्ससहित घरमै गएर औषधी दिने तथा परामर्श दिने अभियान सञ्चालन गरेका छौँ,’ उनले भने, ‘कोरोना महामारीको चपेटामा पत्रकारिता क्षेत्र पनि अछुतो रहन नसकेको र यसले पारेको नकारात्मक प्रभाव चिर्नका लागि यो अभियान सञ्चालन गरिएको हो ।’

डा.अमितकुमार खतिवडाले कोरोना संक्रमित मानिसहरुलाई हौशला र आत्मबल बढाउनका निम्ति परामर्श दिने गरेको बताए । उनले भने, ‘यसबेला धेरैजसो मानिसहरु मानसिक रुपमा कमजोर भएका छन्, त्यतिकै पनि त्रासमा बाँचरिहेका छन्, यस्तो समयमा सकारात्मक परामर्शले पनि ठूलो समस्या समाधान हुनसक्छ ।’ उनले अहिले नकारात्मक समाचारहरु मात्रै आएको, महामारीको त्रास फैलिएको र मानसिक रुपमा मानिसहरु कमजोर भएकाले निःशुल्क औषधी, परामर्श दिएको बताए ।

सोमबार युनियनले पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, कोषाध्यक्ष अजित झा, इटहरीका सञ्चारकर्मी बाबुराम खड्का लगायत आधा दर्जन बढी सञ्चारकर्मीको घरमै गएर सेवा प्रवाह गरेको थियो ।‘संक्रमित सञ्चारकर्मीको घरमै गएर यो किसिमको काम गर्नु ठूलो जिम्मेवारी हो,’ पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमदले भने, ‘यो सराहनीय काम हो यस्ता किसिमका काममा सबैले हातेमालो र आत्मबल बढाउने काम गर्न आवश्यक छ ।’

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist