• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

झुठा विवरण पेस गरी दुहबी बाट नेपाली नागरिकता लिने एक भारतीय विराटनगरबाट पक्राउ

काेचिला खबर by काेचिला खबर
05/04/2021
in मुख्य
205
SHARES
930
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / झुठा विवरण पेस गरेर नेपाली नागरिकताको प्रमाणपत्र लिन सफल भएका एक जना भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । भारतको अररिया जिल्लास्थित नरपतगञ्जका बासिन्दा अनिरुद्ध शर्मा पक्राउ परेका हुन् । मोरङ प्रहरीको विशेष टोलीले सोमबार राति १० बजेतिर विराटनगर महानगरपालिका–५ चाँदनी चोकबाट पक्राउ गरेको हो । आफू नेपाली नागरिक भएको गलत विवरण पेस गरेर नागरिकता लिन सफल भएका शर्मालाई कारबाहीका लागि मंगलबार सुनसरी प्रहरीको जिम्मा लगाएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

पक्राउका क्रममा शर्मा र उनका परिवारका सदस्यले प्रहरीमाथि दुरव्यवहारसमेत गरेका थिए । जिल्ला प्रशासन कार्यालयले खटाएको नागरिकता वितरण टोलीमार्फत सुनसरीको दुहवी–६ बाट २०६३ साल माघ ७ गते नेपाली नागरिकता लिन शर्मा सफल भएको देखिएको छ । त्यसपछि उनी परिवारसहित विराटनगर महानगरपालिका–५ चाँदनी चोकमा आएर बस्न थालेको स्थानीयले बताए ।

गत फेब्रुअरी १५ मा भारतको निर्वाचन आयोगले सार्वजनिक गरेको भारतीय मतदाता नामावलीमा उनको नाम समावेश छ । जन्ममिति सन् १९६२ जनवरी १ राखेर उनले एसपीजे ०२३९३३५ नम्बरको भारतीय मतदाता परिचयपत्र प्राप्त गरेका छन् । कवाडीको काम गर्ने नाममा शर्मा भारतबाट २०५० सालमा नेपाल छिरेर सुनसरीको दुहवीमा बस्न थालेका हुन् । २०५५ सालमा दुहवीकै महिलासँग बिहे गरेका उनले जन्मसिद्धका आधारमा ०३३००९÷३२५ नम्बरको नेपाली नागरिकता लिन सफल भएको तथ्य फेला परेको छ ।

नेपाली नागरिकतामा उनको जन्म मिति २०२७ भदौ ११ गते उल्लेख छ । भारतीय मतदाता परिचयपत्रका आधारमा उनको उमेर ५९ वर्ष भए पनि नेपाली नागरिकताका आधारमा भने उमेर ५१ वर्ष मात्रै हुन्छ । भारतमा बुवा मुन्नर शर्माको नामबाट नागरिकता लिएका उनको नेपालमा बुवाको नाम मुनरलाल शर्मा उल्लेख छ । आफ्नो नाम पनि भारतमा अनिरुद्ध शर्मा र नेपालमा अनिरुद्र शर्मा भनेर लेखाएको पुष्टि भएको छ ।

उनले प्राप्त गरेको नागरिकता दिने सरकारी अधिकारीमा सुनसरीबाट खटिएको नागरिकता वितरण टोलीका प्रमुख पुन्यराज भट्टराईको नाम छ । नेपाली नागरिक हुन चाहने विदेशी नागरिकले त्यसअघि नै आफ्नो मुलुकको नागरिकता त्याग्नु पर्ने नियम छ । ‘नेपाली नागरिकता लिएका अनिरुद्धले भारतीय नागरिकता त्यागेका छैनन्,’ स्रोतले भन्यो, ‘उल्टै नेपाली नागरिकको जग्गा हडप्न मुद्दामामिला र अनेक प्रपञ्च गरिरहेका छन् ।’

प्रहरीले शर्मालाई पक्राउ गर्न गत आइतबार जिल्ला अदालत सुनसरीबाट अनुमति लिएको थियो । त्यसपछि सुनसरी प्रहरीको आग्रहमा उनलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो । यसअघि नै शर्माविरुद्ध सुनसरीस्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयमा उजुरी परेको थियो । आफूविरुद्ध कारबाही हुने थाहा पाएपछि उनी फरार बनेका थिए ।

प्रहरीले विराटनगर आएको मौका छोपेर शर्मालाई नियन्त्रणमा लिँदै नेपालको प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याएको हो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका भारतीयलाई छुटाउनका लागि कानुन व्यवसायीदेखि लिएर राजनीतिक दलका नेता र समाजसेवीका नाममा समेत दबाब आउन थालेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले शर्माको नाममा रहेको नेपाली नागरिकता बदरका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको बताए । उनका अनुसार थप कारबाही अघि बढाउन प्रशासनबाट पनि अनुसन्धान भइरहेको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले नागरिकता ऐनअन्तर्गत कारबाही अघि बढाउन अदालतबाट मंगलबार नै म्याद थप गरेर पक्राउ परेका शर्मालाई हिरासतमा राख्दै बाँकी अनुसन्धान अघि बढाइएको जानकारी दिए । उनका अनुसार भारतीय नागरिक शर्मालाई नेपाली नागरिकता बनाइदिन भूमिका खेल्ने सबैलाई कारबाहीको दायरामा ल्याइने छ । नागरिकता दिने सरकारी कर्मचारी, नागरिकताका लागि सनाखत गर्ने तथा भूमिका खेल्ने सबै कारबाहीको दायरामा आउने एसपी थापाले बताए । उनले शर्माको परिवारमा अन्यले पनि नेपाली नागरिकता लिएको हुनसक्ने भएकाले अनुसन्धानको दायरा फराकिलो पारिएको जनाए ।

नेपालीको जग्गा आफ्नो नाममा पार्ने यस्तो थियो शर्माको खेल

नेपाली नागरिकता लिएको कस्ूरमा पक्राउ परेका भारतीय नागरिक शर्माले विराटनगर–५ मा एउटा परिवारको जग्गा हडप्ने प्रयास गरेको फेला परेको छ । उत्तमकुमार रायकी श्रीमती सीतादेवी रायको नाममा रहेको एक कट्ठा आठ धुर जग्गा कब्जा गरेर आफ्नो नाममा पार्न नक्कली कागजात पेस गरेर लिएको नेपाली नागरिकताकै आडमा अदालतमा मुद्दामामिला गरिरहेको पुष्टि भएको छ ।

किर्ते नेपाली नागरिकताको आडमा नेपालकै अदालतमा नेपालीको जग्गा हडप्ने खेलमा उनी सक्रिय रहेका हुन् । उत्तमकुमारले कित्ता नम्बर २९३८ नम्बरको एक कट्ठा आठ धुर जग्गा प्रमीलादेवी साहसँग २०६५ सालमा खरिद गरेर श्रीमती सीतादेवीको नाममा राखेका थिए ।

रायले शर्मालाई २०६६ सालमा आफ्नो जग्गामा बस्न दिएका हुन् । तर खाली गर्न नमानिकन जग्गा आफ्नो भएको दाबीसहित वडा कार्यालयमा शर्माले निवेदन दिएका थिए । वडामा भएको छलफलमा जग्गा आफ्नो नाममा रहेको कुनै आधार र प्रमाण पु¥याउन नसकेपछि २०७६ साल चैत मसान्तसम्ममा खाली गरिदिने सहमति उनले गरेका थिए । तर उत्तमकुमारले भने आफ्नी श्रीमतीको नाममा जग्गा कायम रहेको प्रमाणसहित जग्गाधनी प्रमाण पूर्जा, वडामा भएको सहमति तथा सम्पत्ति कर चुक्ता रसिद पनि बुझाए ।

विराटनगर महानगरपालिकाको न्यायिक समितिले जग्गा सीतादेवीकै भएको ठहर २०७७ साउन ५ गते गरिदियो । महानगरको न्यायिक समिति संयोजकमा उपमेयर इन्दिरा कार्की र सदस्यहरुमा वडाध्यक्ष विनोदकुमार बस्नेत तथा तीर्थेन्द्र न्यौपाने छन् । तर शर्माले जग्गा आफ्नो भएको दाबी गर्दै जिल्ला अदालत मोरङमा उत्तमकुमारलाई प्रतिवादी बनाएर २०७७ असोज २ गते रिट दायर गरे ।

न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले गत पुस २० गते स्थानीय न्यायिक समितिको निर्णय कानुन बमोजिम नै रहेको र त्यो नै सदर हुने फैसला गरिदियो । ‘मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९७ बमोजिम फैसला गरिएको छ । न्यायिक समितिले गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहरी फैसला भएकाले केही गरिरहनु परेन,’ अदालतको फैसलामा भनिएको छ ।

अर्काको जग्गा छाड्न नमानिकन भारतीय नागरिक शर्माले नेपालीको जग्गामा आफ्नो हकदाबी गरेर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दिए । मुद्दा अहिले उच्चमा विचाराधिन छ । मुद्दामामिलामा जाँदा भारतीय नागरिक रहेका अनिरुद्धले किर्ते गरेर बनाएको नेपाली नागरिकताको प्रमाणपत्र अदालतमा पेस गरेका छन् । नातामा शर्माका ज्वाई पर्ने राजेन्द्र ठाकुरले पनि जग्गा उत्तमकुमारकै भएको बताउँदै अरुले दाबी गर्न नमिल्ने उल्लेख गरे ।

भारतीले लिएको नेपाली नागरिकता स्वत बदर हुने कानुनी व्यवस्था रहेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल बताए । उनका अनुसार नेपालमा रहेको सबै चलअचल सम्पत्ति जफत गरेर सरकारीकरण गरिने छ । विदेशी नागरिकलाई झुठा विवरणको आधारमा नागरिकता दिलाउन सनाखत वा सिफारिस गर्नेलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा २५ देखि ५० हजार रुपैयाँसम्म जरिवाना अर्थात दुवै सजाय हुने कानुनी व्यवस्था छ । नागरिकता लिनेलाई भने एक वर्षदेखि पाँच वर्षसम्म कैद वा ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना अर्थात दुवै सजाय हुने कानुनी प्रावधान छ । कोशि अनलाई बाट

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist