दुहबी/सुनसरीको दुहबीमा संयुक्त पीडित घाइते न्याय संर्घष समिति दुहबी वडा नम्बर ९ र बुढीगंगा वडा नम्बर ४ का स्थानीयहरुले सोमबार जुलुस प्रदर्शन गरेका छन । प्रदर्शन जुलुसमा सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले झुठा मुद्दा खारेज गर,दोषिलाई कार्वाही गर, सामाजिक सदभाव कायम राखौं लगायतका प्ले कार्ड बोकि दुहबी बजार परिक्रमा गर्दै ईलाका प्रहरी कार्यालय दुहबी अगाडी नारावाजी गरेका थिए ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ का सभापति मेंहदि हुसैनलाई झुठा मुद्दामा फसाइएको भन्दै नेपाली कांग्रेसका नेता कार्यकर्ता सहित प्रदर्शनमा बाक्लो सहभागिता देखीएको थियो ।
सो प्रदर्शनको कोणसभामा नेपाल कांग्रेस महा समिती सदस्य अबदुल मियाँले मेंहदी हुसेैन लगायत माथी झुठा मुद्दा लगाएको भन्दै सो मुद्दा यथा सिघ्र खारेजको माग गरेका थिए । अर्का वक्ता थारु विद्यार्थी समाज केन्द्रका पुर्व अध्यक्ष रमेशकुमार चौधरीले पीडितले न्याय पाउनु पर्ने झुठा मुद्दा खारेज गर्नु पर्ने भन्दै धार्मिक सदभाव कायम गर्नु पर्ने दोषी लाई तत्काल पक्राउ गरि कार्वाहीको माग समेत गरेका थिए ।
तेसै गरि नेपाली काग्रेस सुनसरी जिल्ला सदस्य दिपक ढकालले दुहबी घटना लाई मिलाउने तिर लाग्नु भन्दा केही प्रतिकृया बादी शक्तिहरुले सानो घटघटना लाई ठुलो रुप दिएर जातिय धार्मिक सदभाव भड्काउनु तिर लागेको आरोप समेत लगाए।
ढकाले भने क्षेत्रिय सभापति मेहदि हुसेैन लगायत नेपाली काग्रेसका नेता कार्यकर्ता माथी लगाएको झुटा मुद्दा प्रहरीले खारेज न गरे नेपाली कांग्रेस आन्दोलनमा जाने चेतावनी दिदंै यो घटना लाई ठुलो रुप दिएर धार्मिक सदभाव बिगार्न तिर एमालेका केही ठुला नेता हरु पनि लागि परेको आरोप लगाए। केही दिन अगाडि दुहबीमा दुई समुहको झडपलाई लिएर दुहबी २ बिरगाउँका स्थानीय हरु लगायतले आफू हरु वास्तविक पीडित हो भन्दै दुहबी बजार तथा ईलाका प्रहरी कार्यलय अगाडि जुलुस र धर्नामा बसि दोषी माथि कार्वाही पीडित लाई न्याय झुठो मुद्दा खारजीेको माग राखी प्रदर्शन समेत गरेका थिए भने जनता समाजबादि पार्टी नेपाल दुहबीले आफ्ना नेता कार्यकर्ता माथी लगाएको झुठा मुद्दा खारेज गर, पीडित लाई न्याय दे दोषी माथी तत्काल कार्वाही गर लगायतका माग राखी पत्रकार सम्मेलन समेत गरेका थिए।
यता सो घटनालाइ लिएर दुबै पक्षकाहरुले छुट्टा छुट्टै पत्रकार सम्मेलन गरेका थिए। चैत ११ गते दुहबीको दुई समुहबिच झडपमा दुबै पक्षका गरि करिब १ दर्जन भन्दा बढि घाइते भएका थिए भने दुबै पक्षका गरी ३५ जना विरुद्ध प्रहरीमा मुद्दा दर्ता भैसकेको छ। अहिले दुबै पक्षका गम्भिर घाइते मध्ये २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।







