दुहबी/ सुनसरीको दुहबी ५ स्थित श्रीसरस्वती मावी अगाडि संचालनमा रहेको किरण आयुर्वेद औषधालयले ग्यारेन्टीको साथ यो दबाई सेवन गरे मोटोपन घटछ भन्दै ग्राहक संग रकम असुली गर्दै गरेको पाईएकोछ।
दुहबी घर भएकि एक महिलाले नाम नखुलाउने शर्तमा भनिन चैत २ गते आफू दुहबीमा रहेको किरण आयुर्वेद औषधालयमा ज्वरो कम गर्ने दबाई लिन जाँदा सो औषधालयका संचालक श्याम श्रेष्ठले तपाईं धेरै मोटोपना हुनु हुन्छ मेरोमा ओमेगा थ्रि र चिया सेट दबाईछ त्यो खानु तपाईंको एक महिनामा तीन देखि पाँच केजि सम्म तौल ग्यारेन्टीको साथ घटछ भन्दै प्रलोभन देखाउदा आफू त्यो दबाई रु २१ सयमा किनेर नियमित सेवन गर्दा हाल १ महिना पछि पनि केही तौल नघटदा आफू ठगिएको बताईन।
उनि भन्छिन दबाई किन्ने बेलामा आफ्नो वजन ६० केजि औषधालयका संचालक श्याम श्रेष्ठकै अगाडि नापेकोमा वजन ५ केजि सम्म घटछ भन्दै आफु लाई झुटा आश्वासन दिएर ठ्गेको भन्दै किरण आयुर्वेद औषधालयका संचालकलाई कार्वाहीको माग समेत गरेकि छिन।
यता सो बिषयमा किरण आयुर्वेद औषधालयका संचालक शयाम श्रेष्ठसंग बुझदा आफुले सो ओमेगा थ्रि र चिया सेट दवाई बेचेको स्विकार गर्दै कोहीे कोहि लाई सो दबाई सेवन गर्दा तौल घटेको भन्दै आफुले कुनै प्रलोभनमा नपारि बेचेको र मोटोपनको तौल घट्ने ग्यारेन्टी नदिएको भन्दै पन्छीएका छन।
नेपालको कानुन अनुसार ग्यारेन्टीको साथ वा विभिन्न प्रलोभनमा पारि कुनै किसिमको मेडिसिन बिक्रीवितरण गरेमा जरिवानाको साथै सजायको प्रावधान छ ।
उता सो बिसयमा दुहबी नगर स्वास्थ्य शाखा अधिकृत उचित नारायण साह संग बुझदा सो किरणआयुर्वेद औषधालयको संचालक दोषी ठहरिए तत्काल छानबिन र अनुगमन गरि कार्वाहीको दायरामा ल्याउने बताए ।
पछिल्लो समय दुहबीमा अवैधानिक तरिकाले ग्यारेन्टीको साथ उपचार गरि सर्वसाधारण संग मोटो रकम लिएर कयौं मेडिकल तथा स्वास्थ्य किल्निक ठगि गर्दा समेत सरोकारवाला मौन रहेको स्थानीयहरु बताउछन ।
एक स्थानीयका अनुसार दुहबी नगरमा च्याउ जस्तै उमरिएको मेडिकल फार्मेसी , पोलि किल्निक , लगायत स्वास्थ्य संस्था हरुले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार कुनै प्रकारको मापदण्ड पूरा नगरि संचालन गर्दा समेत कार्वाही नभएको भन्दै स्थानीय हरु आक्रोशित छन।
दुहबीमा १ बर्ष अगाडि दुहबी नगर पालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममै नामै किटान गरि स्थानीयहरुले अवैधानिक मापदण्ड नपुगेको स्वास्थ्य संस्था कार्वाहीको माग समेत गर्दा हाल सम्म पनि दुहबीमा संचालनमा रहेका मेडिकल , पोलिकिल्निक स्वास्थ्य संस्थाहरुमा पटकपटक अनुगमन हुदा समेत कुनै कार्वाही नभएको भन्दै मिलोमतोमानै यस्ता अवैधानिक स्वास्थ्य संस्था हरु संचालनमा भईरहेको आशंका गरेका छन।
दुहबीमा केही स्वास्थ्य संस्थाले पोलिकिल्निकको मात्र दर्ता लिएर बेड राखी अस्पताल भन्दै संचालन गरिरके पाईएकोछ।
सो स्वास्थ्य संस्थाहरुमा नत ल्याबको मापदण्ड पुगेकोछ नत भौतिक संरचनाको।
दुहबीमा संचालनमा रहेका मेडिकल हरुमात ल्याब पढेको फार्मेसी पढेको केही मेडिकल संचालकलेत आफू डाक्टर भएको भन्दै विभिन्न किसिमको बिरामीहरुलाई डाक्टरको पुर्जा बिना आफै नक्कली डाक्टर बनि उपचार गर्दै गरेको जनगूनासो छ।
कति मेडिकल संचालकलेत भाडामा अरुको फार्मेसीको लाईसेन्स लिएर जथाभावी मेडिसिन चलाउदा बिरामीको अवस्था झन बिग्रीदा पछि सो बिरामी लाई बिराटनगरको अस्पतालमा पुराई महगो रकम तिरेर बिरामीको उपचार गराउदा स्थानीय लाईे ठूलो आर्थिक भार परेको स्थानीयहरु बताउछन ।





