दुहबी/नेपाली काङ्ग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवा द्वारा दुहबी नगरपालिका प्रमुख बेद गच्छदार सम्मानित भएका छन।धरानमा ५६ औ अन्तरास्ट्रिय जातिय विभेद उन्मुलन दिवसका रुपमा आयोजित समाबेसी लोकतन्त्र र सम्बैधानिक ब्यावस्था बिसयक प्रदेश स्तरिय अन्तर्कृया कार्यक्रम को उद्घाटन समारोहमा प्रमुख अतिथि का रुपमा उपस्थित देउवाले दुहबी नगरपालिका प्रमुख बेद गच्छदार लाई सम्मान पत्र हस्तान्तरण गरि सम्मानित गरेका थिए।
“नगर प्रमुख आवास योजना ” सन्चालन गरि नगर भित्रका दलित ,उत्पीडित र बिपन्न समुदाय लाई ब्यवस्थित घर बास साथै उचित स्वास्थ्य ,शिक्षा ,खेलकुद सहित को सुबिधा युक्त आवास बनाइ नेपाली काङ्ग्रेस सधै गरिब दुखी पिछडिएका तथा दलित हरुको पक्षमा छ भन्ने देखाउदै ती बर्ग तथा समुदाय लाई उचित गार्जेनसिप गरेको भन्दै देउवा ले गच्छदार लाई सम्मान गरेका थिए।।
गच्छदार ले गत आर्थिक बर्ष देखि दुहबी ११ मा नगर प्रमुख आवास योजना सुरु गरेका थिए। ११६ घर निर्माण गर्ने लक्ष सहित ८ करोड ५६ लाखमा सुरु भएको उक्त योजनामा ८० वटा आवास निर्माण सम्पन्न हुने अन्तिम चरण मा पुगि सकेका छन। यहि आर्थिक बर्ष भित्र दलित ,तथा बिपन्न समुदाय लाई हस्तान्तरण गरिने गच्छदारले बताएका थिए।





