काठमाडाैं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबारे प्रकाशित समाचारबारे उनका स्वकीय सचिव ध्रुव सुवेदीले खण्डन गरेका छन्।
मुख्यमन्त्री राई हेलिकप्टर चढेर ससुराली गएको भन्ने समाचार आज (मंगलबार) विभिन्न सञ्चारमाध्यममा प्रसारण भएका थिए।
आज यस समाचारको खण्डन गर्दै सुवेदीले गत फागुन १३ गते संखुवासभाको मकालु गाउँपालिकामा केन्द्रीय कमिटीले आयोजना गरेको जनसभामा मुख्मन्त्री गएका र त्यसबेलाको तस्बिर भाइरल गराइएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको लेखेका छन्।
साथै उनले राज्यकोष दोहन गरको समाचारप्रति पुष्टि गर्न चुनाैतीसमेत दिएका छन्।