दुहबी / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोखरेलले नेकपा सारमा विभाजन भइसकेको बताएका छन् । कानुनतः विभाजित नभए पनि सारमा विभाजित भइसकेको नेता पोखरेलको भनाई छ ।
नेकपा सुनसरीले दुहबीमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति उपप्रधानमन्त्री समेत रहेका पोखरेलले दुई सर्त पुरा भए अझै एकताको सम्भावना रहेको बताएका छन् ।
भेलामा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोप पत्र फिर्ता गर्नुपर्ने र वैशाख १७ र २७ को निर्वाचनलाई स्वीकार गरेर आएमा एकता हुन सक्ने धारणा राखेका छन् ।
पार्टी विभाजनमा प्रचण्डभन्दा धेरै दोष माधव नेपालको रहेको भन्दै नेता पोखरेलले प्रचण्ड विगत देखिनै ठिक नभएको टिप्पणी गरेका छन् ।
भेलालाई सम्बोधनका क्रममा पोखरेलले केपी ओली नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने दाबी गरेका छन् । उनले आधिकारिक पार्टीले नै सूर्य चिन्ह पाउने बताए ।
उनले कार्यकर्तालाई पार्टी आधिकारिकता र सूर्य चिन्हका बारेमा धेरै चिन्ता लिन नपर्ने बताएका छन् । सो कार्यक्रमका विशिष्ट अथिती तथा प्रदेश १ सरकारका मुख्य मन्त्री शेरधन राईले प्रचण्ड देशमा आराजकता सृजना गर्ने तिर लागेको आरोप लगाएका छन ।
कार्यक्रममा केन्द्रिय देखि प्रदेश सम्मका मन्त्री सासंद नेकपाका केन्द्रिय सदस्य लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता पुर्व मन्त्री तथा नेकपाकि केन्द्रिय सद्स्य भगवती चौधरिले गरेकि थिन