• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी बजारमा सडक विस्तारको सकस, भत्काउने सूचना गैरकानुनी रहेको स्थानीयको दाबी

काेचिला खबर by काेचिला खबर
01/08/2021
in FEATURE, मुख्य, समाज, स्थानीय
92
SHARES
416
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, २२ पुस : निर्माणाधीन धरान–विराटनगर ६ लेन सडकखण्डअन्तर्गत सुनसरीको दुहबी बजार क्षेत्रको सडक विस्तार गर्न भौतिक संरचना खाली गर्ने सूचना गैरकानुनी भएको भन्दै स्थानीयवासीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

राज्यले नै दुहबी बजारलाई व्यवस्थित गर्न वि.सं. २०५४ साल चैत ३ गते ‘बिल्डअप क्षेत्र’ घोषणा गरी राजपत्रमा प्रकाशित गरिसकेकाले सो क्षेत्रमा निर्माण भएका घर खाली गराउने सूचना गैरकानुनी भएको स्थानियवासीको दावी छ ।

व्यापारिक मार्गमा पर्ने दुहवी बजारअन्तर्गतका सडक खण्डको दायाँ–बायाँ सडकको बीचबाट १५ मिटरसम्म खाली गर्न र नगरे भत्काउने सूचना उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय सुनसरीले सार्वजनिक गरेको थियो ।

सूचना सार्वजनिक भएपछि स्थानीयवासीले विराटनगरमा पत्रकार सम्मेलन गरेर सरकारले तोकेको बिल्डअप क्षेत्रमा भत्काउने र खाली गराउने गैरकानुनी काम स्वीकार नगर्ने बताएका छन् ।

दुहबीमा वि.सं. २०१० सालमा ठूलो आगलागी हुँदा दुहबी बजार बसाउन राज्यले २०११ सालमा जग्गा खरिद गरेर नयाँ बजार बसाएको बताइएको छ ।

२०५४ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले दुहबी बजार क्षेत्रलाई बिल्डअप क्षेत्र घोषणा गरेको थियो । बिल्डअप क्षेत्रलाई भत्काउन र तोड्न नमिल्ने प्रावधान छ ।

सरकारले बजार क्षेत्रको ६ सय ३० मिटर क्षेत्रलाई बिल्डअप क्षेत्र घोषणा गरेको थियो । जुन अहिलेसम्म यथावत नै रहेको छ ।

दुहबी बिल्डअप क्षेत्र संघर्ष समितिका उपाध्यक्ष वीपी रौनियारले आफूहरूले घर खाली गराउने सूचना कुनै हालतमा स्वीकार नगर्ने बताए । कानुनी व्यवस्थाको उपहास गर्दै निकालेको सूचनाको विरोधमा आन्दोलनमा जाने उनले बताए ।

समितिका सदस्य शंकर रौनियारले राज्यले संरक्षण गर्दै बनाएको बजारलाई बढाउनुको साटो भत्काएर उठिवास गर्ने नीतिको विरोधमा स्थानीयवासी आन्दोलनमा जाने तयारी गरेको बताए ।

बिल्डअप क्षेत्रलाई जोगाउँदै वैकल्पिक व्यवस्था गर्ने गरी काम गराउने प्रशस्त उपाय भए पनि आयोजनाले जबर्जस्ती गर्न लागेको उनले बताए । ६ सय ३० मिटर बिल्डअप क्षेत्रमा करिब तीन सयको घर रहेको बताइएको छ ।

जारी गरिएको सूचनाअनुसार निर्माण भएको घरहरू खाली भए धेरै परिवारको उठिवास हुने रौनियारले बताए । अहिले सो सडक खण्ड करिव ५४ फिटको छ । सूचनामा दुवैतर्फ १५–१५ मिटर लिएर करिव एक सय फिटको बाटो निर्माण हुने जनाइएको छ ।

उत्तर–दक्षिण ब्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयका प्रमुख बद्रि शर्माले बिल्डअप क्षेत्र भत्काउने आफ्नोे नीति नरहेको बताए ।

उनले सरकारले निर्माण थालेको ६ लेनको परियोजना अन्तर्गत दुहबी सडक खण्डमा सडकको दायाँ–बायाँ १५ मिटरका दरले सडक विस्तार गर्ने योजनाअनुसार सबैको सहमतिमा सूचना निकालेको बताए ।

दुहबीमा मात्रै विवाद भएकाले स्थानीय तह र प्रशासनसहितको बैठकले परियोजनाको लक्ष्य पूरा गर्न सडक विस्तारको काम अघि बढाउन लागेको उनको भनाइ छ ।

६ सय ३० मिटर मात्रै हैन दुहबीअन्तर्गत करिव २ किलोमिटरमा नै स्थानीयको विवादले काम अघि बढ्न नसकेको उनले बताए ।

अरु ठाउँमा सडकको दायाँ–बायाँ २५ मिटरका दरले बनाउने सहमति भए पनि ६ सय ३० मिटरमा मात्रै अवरोध रहेकाले १५ मिटर मात्रै लिने निर्णय भएको शर्मा बताउँछन् ।

सडक फराकिलो बनाउने क्रममा सुनसरीको दुहबी र इटहरी बजार क्षेत्रका धेरै घर संरचना भत्काउनुपर्ने देखिएपछि प्रस्तावित ६ लेन सडकलाई घटाएर चार लेनमा झारिएको बताइएको छ ।

मुलुककै व्यापार विस्तार तथा भारत र तेस्रो मुलुकसँगको आयात निर्यातका लागि जोगवनीबाट विराटनगर हुँदै धरानसम्म ६ लेन सडक विस्तार गर्ने सरकारको योजना थियो ।

भारतसँग सीमा जोडिएका प्रमुख नाकाका सडकलाई ६ लेनमा विस्तार गर्ने सरकारको लक्ष्य पनि रहेको छ । सो मार्गमा पर्ने दुहबी र इटहरीको मुख्य बजार क्षेत्रको सडकको दायाँ–बायाँ रहेको भवन भत्काउने विवादका कारण काम अघि बढेको
छैन ।

बजार क्षेत्रको केही जग्गा नगरपालिकाको समेत स्वामित्वमा रहेको र कतिपय जग्गा व्यक्तिगत रहेकाले घरजग्गाभन्दा घर भत्काउदा ठूलो क्षति हुने विवादले दुहबी बजार क्षेत्रमा ठेक्का लगाउन बाँकी छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist