• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

खुल्ला दिसामुक्तको उपहास,ग्रामथानमा शौचालय बिनाको घर विपन्नलाई हस्तान्तरण

काेचिला खबर by काेचिला खबर
11/10/2020
in मुख्य
84
SHARES
384
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, २५ कात्तिक : ‘टिनको छानो भएको पक्कीघर पाउँदा खुशी छु, तर शौचालय नभएकाले त्यति नै दुःखी पनि छु’, मोरङ ग्रामथान गाउँपालिका–७ की प्रमिलाकुमारी चौधरीले भनिन्–‘दिउँसो त खासै समस्या हुँदैन । बेलुका दिसा गर्न जानुपरे दुई जनालाई सँगै लिएर खोलाको डिलमा जानुपर्ने बाध्यता छ ।’

ग्रामथान गाउँपालिका–७ मा हालै हस्तान्तरण गरिएको नमूना वस्ती टोल विकास समितिकी अध्यक्ष वासोदेवी माझीले घर पाए पनि शौचालय नभएकाले वस्तीमा बसोबास गर्ने आउनेलाई समस्या भएको सुनाइन् । उनले भनिन्–‘वस्तीको दक्षिण र पश्चिम भएर बग्ने शिशवा टोकी खोलाको डिलमा दिसापिसाब गर्न आधा किलोमिटर जानुपर्ने बाध्यता छ ।

घर निर्माणसँगै शौचालय समेत निर्माण गरेर हस्तान्तरण गरदिएको भए धेरै खुशी हुने उनको भनाइ छ । त्यैपनि झोपडीको वासभन्दा पक्कीघर पाउनु राम्रै भएको उनी बताउँछिन् ।

बरु झुपडीघर हुँदा शौचालय भएको स्थानीय गीता चौधरी बताउँछिन् । अहिले पक्कीघर पाएपछि पनि यो छैन र त्यो छैन भन्न आफूहरूलाई सकस भएको उनले बताइन् ।

धैरे पहिले खुल्ला दिसामुक्त घोषणा भएको ग्रामथान गाउँपालिकामा बिपन्नहरूका लागि निर्माण गरिएको एकीकृत नमूना वस्ती शौचालय बिना नै विपन्नलाई गएको शुक्रबार हस्तान्तरण गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ३४ वटा विपन्न परिवारलाई तीन कोठे घर शुक्रबार हस्तान्तरण गरेका हुन् ।

शौचालय, विद्युत र खानेपानीको प्रबन्ध विना नै हतारोमा निर्माण सम्पन्न नगरी हस्तान्तरण गरिदा बस्तीमा बसोवास गर्न पुगेका स्थानीयहरूले सास्ती भोग्नुपरेको छ ।

ग्रामथान–७ मा तराई मधेस समृद्ध कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम र गाउ“पालिकाको संयुक्त लगानीमा खदरा खोलाको किनारमा रहेको ऐलानी जग्गामा उक्त वस्ती निर्माण गरिएको हो ।

मधेस समृद्ध कार्यक्रमको ६७ लाख ९ हजार १ सय ६६, स्थानीय पूर्वाधार विकास कार्यक्रमको १ करोड १९ लाख ८६ हजार ९५ र गाउँपालिकाको १ करोड २७ लाख ४५ हजार ७ सय ७३ हजार गरी कूल ३ करोड ४ लाख ४१ हजार ३४ रुपैयाँ लागतमा ३६ वटा घरमध्ये ३४ वटा निर्माण भएर हस्तान्तरण गरिएको छ । दुई वटा घर अझै बन्न बाँकी छ ।

गाउँपालिका अध्यक्ष शिवनारायण माझीले अन्य जनप्रतिनिधिहरूसँग समन्वय नै गरी वस्ती हस्तान्तरणको अघिल्लो दिन वस्ती निर्माण भएको वडाध्यक्ष र उपाध्यक्षलाई जानकारी दिएर हतारमा हस्तान्तरण कार्यक्रम गरिएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष फूलकुमारी चौधरीले जनप्रतिनिधिसँग सवन्वय नै नगरी पार्टी कार्यक्रम गरेर हतारमा घर हस्तान्तरण गरेको बताइन् । उनले भनिन्– ‘हतारमा पार्टीगत कार्यक्रम गरे जस्तो गरेकाले वसोवास गर्न आएका विपन्नलाई बस्न सास्ती छ ।

हस्तान्तरण गर्नु एक दिनअघि मलाई जानकारी दिए, शौचालय निर्माण भएको छैन भन्दा पनि स्वागत भाषण दिन भनेकाले कार्यक्रममा भने गएँ ।’ तर मञ्चमा आउँदा स्वागत भाषण पनि गर्न नदिएको उनले बताइन् ।

वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार माझीले आफूलाई कार्यालय सहयोगीमार्फत जानकारी दिइएको बताए । ‘हस्तान्तरण कार्यक्रम भएकाले आएँ तर वास्ता नै गरेनन्’ उनले भने ।

गाउँपालिका अध्यक्षको पार्टीआवद्ध नेताहरूलाई भाषण दिएर निर्माण सम्पन्न भएको घर हस्तान्तरण गरिएकाले उनी पनि असन्तुष्ट छन् । सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरको डिलमा बस्दै आएका सुकुम्वासीहरूलाई ती घरहरू बनाएको बताइएको छ ।

मुख्यमन्त्रीले घर हस्तान्तरण गरे पनि अहिलेसम्म धेरै घरमा ढोका, झ्यालमा ग्रिल, खानेपानी, विद्युत र सडक निर्माण नभएको स्थानीय उतिमचन्द सहनीले बताए ।

वस्तीमा प्रयोग भएको कमसल निर्माण सामग्री र मापदण्ड विपरीत कामले घरमा ढलान गरिएको भूइँ फुट्न थालेको बताइएको छ । फलामको ट्रष्ट र ढोकाको एंगल कमसल खालको कबाडीबाट ल्याएर रंगरोगनसमेत नगरी लगाएको पाइएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष फूलकुमारी चौधरीले निर्माण कम्पनीको धरौटी रकम रोक्का राखेको र अनुगमन गरेपछि मात्रै फिर्ता दिने बताइन् ।

‘तत्काल अस्थायी शौचालय, खानेपानीका लागि ट्यूवेल जडान गर्छौं,’ उनले भनिन्, ‘उपभोक्ता समितिले गरेको कामको पनि अनुगमन गरेपछि मात्रै बाँकी रकम निकासा दिन्छौं ।’ कमसल काम भएको पाइएमा त्यहीअनुसारको कानूनी प्रक्रिया अघि बढाउने उनले बताइन् ।

नयाँ बनेको वस्तीमा शौचालन नै नभएको चाहिँ होइन । प्रत्येक घरमा शौचालय निर्माण भएको छ, तर त्यसलाई सेफ्टीट्यांकीमा जोड्न बाँकी छ ।

३४ घरमा करिव दुई सयको हाराहारीमा बसोवास रहेको छ । तिनीहरू सबैलाई वस्तीको दक्षिण र पश्चिम भएर बग्ने खोलाको डिलमा गएर शौच गर्नुपर्ने बाध्यता छ ।

गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले वस्तीमा वसोबास गर्ने स्थानीयले हतार गरेकाले तत्काल हस्तानन्तरण गरेको बताए । तिहार पछि हस्तान्तरण गर्ने योजना रहे पनि बसोवास गर्नेकै हतारले शौचालयको सञ्चालन बिना नै हस्तान्तरण गरेको उनले दावी गरे । आजको उदघोस दैनिक बाट

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

भारत-पाकिस्तान द्वन्द्व : टीभी च्यानलको’आतंक’

भारत-पाकिस्तान द्वन्द्व : टीभी च्यानलको’आतंक’

05/10/2025
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायल द्वारा ७१ उपसचिवको सरुवा–पदस्थापन ( सुची सहित )

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायल द्वारा ७१ उपसचिवको सरुवा–पदस्थापन ( सुची सहित )

02/18/2025
महाकुम्भ स्नान गरेर फर्कंदै गर्दा गाडी दुर्घटनामा परी ५ नेपालीको मृत्यु, ४ जना गम्भीर घाइते ।

महाकुम्भ स्नान गरेर फर्कंदै गर्दा गाडी दुर्घटनामा परी ५ नेपालीको मृत्यु, ४ जना गम्भीर घाइते ।

02/01/2025
रास्वपाले भन्यो- सामाजिक सञ्जालसम्बन्धी विधेयकको नियत ठिक छैन, स्वीकार गर्दैनौं

रास्वपाले भन्यो- सामाजिक सञ्जालसम्बन्धी विधेयकको नियत ठिक छैन, स्वीकार गर्दैनौं

01/30/2025
सूचना दिन नमान्ने विश्वविद्यालय र कार्यालय विरुद्ध मुद्दा दायरको तयारी

सूचना दिन नमान्ने विश्वविद्यालय र कार्यालय विरुद्ध मुद्दा दायरको तयारी

01/05/2025
काठमाडौं आउजाउ गर्दा कोशीका मुख्यमन्त्रीको हवाई टिकटमा झण्डै ३५ लाख खर्च ।

काठमाडौं आउजाउ गर्दा कोशीका मुख्यमन्त्रीको हवाई टिकटमा झण्डै ३५ लाख खर्च ।

12/29/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist