दुहबी / शनिबार बिहानबाट नेपालमा प्रसारण हुँदै आएका विदेशी च्यानलमा क्लिनफिड लागु भएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले शनिबार बिहान १२ बजेबाट क्लिन फिड लागू गरेको हो ।
क्लिन फिड लागु भएसँगै अब विदेशी च्यानल विज्ञापनमुक्त भएका छन् । मन्त्रालयलाई यस अघि क्लिन फिडको म्याद सार्न दबाव परेको थियो ।
तर मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिनफिड लागु भएको हो ।
भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघले क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेको थियो ।
तर ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ मा उल्लेख भए अनुसार व्यवस्था लागु भएको हो ।
२०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो ।
क्लिन फिड लागु भएपछि तत्काल ३२ वटा मात्रै विदेशी च्यानल प्रशारण हुँदैछन् ।
प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द भएको छ ती च्यानल क्लिन फिडमा नआएसस्म प्रसारण राेकिने छ ।