दुहबी / जिल्ला प्रशासन कार्यालय सुनसरीले चाडपर्वलाई लक्षित गरेर निषेधाज्ञा जारी गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन जिल्ला प्रशासन सुनसरीले निषेधाज्ञा जारी गरेको हाे । स्थानीय प्रशासन ऐन,२०२८ र संक्रामक रोग ऐन, २०२० बमोजिम कार्तिक १ गते देखि मंसिर ६ गते सम्म यस जिल्लाभर चाडपर्व लक्षित निषेधाज्ञाको आदेश जारी गरिएको छ ।
बडा दशैंमा बिभिन्न शक्तिपिठ, मन्दिर तथा सामाजमा गरिने पुजा आजामा दैनिक एक व्यक्तिद्वारा गरिने नित्य पुजा बाहेक भेला भएर गरिने सबै धार्मिक कृयाकलापमा प्रतिबन्ध लगाइएकाे छ ।
त्यसैगरी मन्दिर,शक्तिपिठ,पण्डालमा एक व्यक्तिद्वारा गरिने नित्य पुजाआजा बाहेक अन्य कार्य नगर्न भनिएकाे छ ।
मस्जिदमा भेला हुने, गुम्बाहरूमा भेला भएर पुजा आजा गर्न पनि राेक लकाइएकाे छ । भक्ति संगित लगायतका कार्यहरू, भजन,किर्तन, अनुष्ठान गर्न र मेला जात्रा सञ्चालन नगर्न पनि प्रशासने अनुराेध गरेकाे छ ।
साथै तिहारमा देउसी,भैलो खेल्नमा समेत प्रतिबन्ध लगाएकाे छ । राजनैतिक दलहरूवाट गरिने कार्यक्रमहरू सञ्चालन गर्न, शुभकामना आदान प्रदान गर्न तथा उद्धाटन र सिलान्यास कार्यक्रम पनि नगर्न आदेश जारी गरिएकाे छ ।
साथै सामुहिक रूपमा भेला भएर गरिने कुनै पनि कृयाकलापमा प्रतिबन्ध लगाइएकाे छ ।