• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

प्रदेश १ सरकार संग १५ दिनभित्र हजार शैय्याको कोभिड अस्पताल निर्माण गर्न कांग्रेसको माग

काेचिला खबर by काेचिला खबर
10/13/2020
in मुख्य
91
SHARES
412
VIEWS
Share on FacebookShare on Twitter

 
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १५ दिन भित्र भेन्टिलेटर र पर्याप्त आईसियू सुविधासहित १ हजार शैयाको कोभिड अस्पताल तयार पार्न प्रदेश सरकारसँग माग गरेको छ ।

मङ्गलबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेसले कोरोना संक्रमण तीव्र गतिले फैलिरहेको र नागरिकहरुले न्यूनतम उपचार सेवासमेत नपाईरहेको बिषय औंल्याउँदै अस्पतालको प्रबन्ध गर्न प्रदेश सरकारसँग माग गरेको हो ।

नागरिकले उपचार नपाएर घर वा डेरामै छटपटाएर ज्यान गुमाईरहँदा पनि प्रदेश सरकारमा मानवीय संवेदना नदेखिएको कांग्रेसको आरोप छ । कोरोना महामारीका बेला उदासिन बनेको प्रदेश सरकारले दलको सुझाव नसुनेपछि पत्रकार सम्मेलनको आयोजना गर्नुपरेको प्रतिपक्षी दल नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले कोरोना महामारीका बेला सरकार र राज्यका निकायहरु निरीह बनिरहँदा जनताले अनाहकमा ज्यान गुमाइरहेको आरोप लगाउनुभयो ।

प्रदेश १ सरकार चैत्र महिनामा केही जवाफदेही देखिएपनि त्यसपछि एक्लै हिडँन थालेको र अहिले पनि सरकारले प्रतिपक्षसँग कुनै छलफल नगर्ने, सुझावप्रति ध्यान नदिने क्रियाकलाप गर्दै आएको उहाँको भनाई छ ।

उहाँले मन्त्रीहरुले फोन नउठाउने, मन्त्रालयका जिम्मेवार कर्मचारीले बिषयलाई गम्भीरतापूर्वक नलिने जस्ता समस्याले समेत थप जटिलता थपेको भन्दै त्यसलाई सच्याउन माग गर्नुभयो ।

संकटको समयमा जनसरोकारको बिषयमा छलफल गर्न नपाएको भन्दै नेता कोइरालाले संसदको बिशेष अधिवेशन बोलाउने सम्बन्धमा पनि छलफल भइरहेको जानकारी दिनुभयो

पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा प्रयोग भएका ८ मध्ये ५ विराटनगरस्थित कोभिड(१९ उपचार केन्द्रमा प्रयोग भएका ५ मध्ये २ भेन्टिलेटर बिग्रिएको अवस्थामा रहेको स्पष्ट पार्नुभयो ।

निजी अस्पतालहरुसँग पनि भेन्टिलेटर र आईसियु पर्याप्त नरहेको भन्दै कार्कीले समन्वय र सहकार्य गरेर नागरिकको उपचार प्रक्रिया सहज बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्तै कांग्रेसले, प्रदेश नं।

१ का मुख्यमन्त्री शेरधन राईले साउन अन्तिम हप्तासम्म १ हजार शैयाको आईशोलेसन बनाउने भनी गरेको घोषणा समेत बोलीमै सिमित भएको आरोप समेत लगाएको छ ।

यस्तै पछिल्लो समय सरकारले जारी गरेको स्वास्थ्य सम्बन्धी प्रोटोकल सरकारबाटै उल्लङ्घन हुनु लज्जास्पद भएको नेपाली कांग्रेसको विश्लेषण छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

05/04/2026
मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

04/22/2026
दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist