• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बलात्कारको सूचना दिनेलाई नै दुहबी प्रहरीले मुद्दा चलायो

काेचिला खबर by काेचिला खबर
10/11/2020
in मुख्य
218
SHARES
992
VIEWS
Share on FacebookShare on Twitter

 
दुहबी / मध्यरातमा जवरजस्ती करणी गरेको भन्दै उजुरी दिने पीडित महिलाको आफन्तलाई नै सुनसरी प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।

सुनसरीको बर्जु गाउँपालिका ६ स्थित चिमडीमा साउन १७ गते शनिबार राति घरमा पसेर स्थानीय सञ्जय मोची (चमार)ले जवरजस्ती करणी गरेको भन्दै उजुरी दिने पीडितका आफन्तलाई ईलाका प्रहरी कार्यालय दुहवीले अभद्र मुद्दा चलाएको हो ।

प्रहरीमा घटनाबारे उजुरी दिने पीडित महिलाको श्रीमानको भिनाजु निरज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको स्थानीय अगुवा मञ्जु सरदारले जानकारी दिनुभयो । जबरजस्ती करणीको उजुरी दिन जाँदा पीडितको उजुरी नलिएको प्रहरीले पीडकबिरुद अभद्र ब्यवहारको मुद्दा चलाएको शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरि पीडित पक्षले जानकारी दिएको छ ।

श्रीमान रोजगारीको लागि मलेसिया गएकोले घरमा एक्लै रहेकी महिलालाई स्थानीय सञ्जय मोचीले घरको ढोका तोडेर जबरजस्ती करणाी गरेको आरोप छ । जवरजस्ती करणाी गरेकोबारे प्रहरीमा उजुरी दिँदा उल्टै प्रहरीले धम्काउने गरेको उनीहरूको आरोप छ ।

‘साँझमा खाना खाएपछि सुतेका थियौं’ पीडित महिलाले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘मध्यराति सञ्जयले बाँसको ढोका हटाएर घरभित्र पसेर मुख थुनेर जवरजस्ती करणी ग¥यो ।’ घर पस्नसाथ हात समातेर मुख थुनेर खुट्टाले कमरमुनीको सुरुवाल खोलेर शारिरीक सम्बन्ध कायम गरेको पीडितको भनाइ छ ।

निरन्तर रुपमा शाररिक सम्बन्ध कायम गरिरहेको बेला आफूले धकेलेर हल्ला गरेपछि घरमा रहेको सासु र ससुरासहित भिनाजुले सञ्जयलाई समातेको पीडितको भनाइ छ । मध्यरातमा घरमा पसेर जवरजस्ती करणी गर्नेलाई आफन्तको सहयोगमा समातेपछि सञ्जयको आफन्तले पीडित परिवारमाथि आक्रमण गरेको थियो । त्यसक्रममा पीडितको सासुको हातमा धारिलो हतियारले काटेको छ ।

पीडित परिवारले स्थानीय चिमडी थानामा खबर गरेर सञ्जयलाई प्रहरीको जिम्मा लगाएको थियो । तर, बर्जु ६ का वडाध्यक्ष विनोद चौधरी र स्थानीय अगुवा रेखा रामको दवावमा इप्रका दुहवीले पीडितले जवरजस्ती करणी गरेको उजुरी दिन जाँदा नलिएको पीडित पक्षको आरोप छ । प्रहरी पीडितका भिनाजुले सञ्जय र उनका बावुआमामाथि हातपात गरेको भन्दै अभद्र व्यवहारको मुद्दामा दर्ता इप्रका दुहबीले जनाएको छ ।

प्रहरीले जबरजस्ती करणीको जाहेरी लिन नमानेपछि सुनसरीको सरकारी वकिल कार्यालयमार्फत मंगलबार जाहेरी दर्ता भएको छ । सरकारी वकिल कार्यालयमार्फत जबरजस्ती करणीमा जाहेरी दर्ता भएपछि बलत्कार भएको ७ दिनपछि मात्र प्रहरीले पीडितको स्वास्थ्य परीक्षण गराएको छ ।

इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक घनेन्द्र खजुमले उजुरी दिन आएकी महिलाको बयानको आधारमा पक्राउ परेका सञ्जय विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेको बताउनुभयो । अर्को दिन फेरि जबरजस्ती करणी गरेको भन्दै आएपछि अर्को जाहेरी लिएर आउन भन्दा नआएर सरकारी वकिलको कार्यालय गएको प्रहरीको दावी छ ।

सञ्जयको आमालाई पीडितको भिनाजु भनिने निरजले कुटपिट गरेकाले उनलाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025
जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

09/14/2025
जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

09/07/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist