• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

प्रहरीकै संरक्षणमा मोरङमा तस्करीको लाइन सञ्चालन सुनसरीका सडकहरु पनि तस्करीका लागि प्रयोग हुन थाले

प्रहरी कार्यालयभित्र तस्करको भोज, डिआईजीलाई मासिक ५ लाख र एसपीलाई मासिक २ लाख बुझाउने गरेको तस्कर समूहको दावी

काेचिला खबर by काेचिला खबर
10/08/2020
in मुख्य
129
SHARES
587
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । कोरोना महामारी सुरु भएपछि नेपाल–भारत सीमा नाकामा बाक्लो सुरक्षाकर्मी परिचालन गरी मानवीय गतिविधि बन्द गरेको बेला सीमासँग जोडिएका मोरङ र सुनसरीका सडकहरु तस्करीका लागि प्रयोग हुन थालेका छन्

विगत लामो समयदेखि औपचारिक रुपमा तस्करीको लाइन सञ्चालन नभएको दक्षिणी क्षेत्रमा तस्करीजन्य गतिविधि एकाएक बढेको छ । विगत एक महिनायता तस्करी धन्दा बढोत्तरी हुँदै चरम अवस्थामा पुगेको छ ।

नेपालबाट विशेष गरी केराउ तस्करी गरेर भारत लैजाने र भारतबाट ठूलो परिमाणमा गहुँलगायत खाद्यान्न, लत्ताकपडा आदि नेपाल तर्फ ल्याउने काममा सीमावर्ति सडक र नाकाहरु प्रयोग भइरहेका छन् । मोरङ र सुनसरी जिल्लाबाट विगत एक महिनादेखि हजारौं मेट्रिक टन केराउ भारततर्फ तस्करी गरेर लगिएको छ । सीमा सुरक्षाका लागि खटिएको प्रहरी टोलीले बेला बेला दुई चार बोरा केराउ र अन्य सामान बरामद गरेपनि दैनिक सयौं ट्रयाक्टर केराउ भारत जाने गरेको सीमा क्षेत्रका स्थानीयहरुले जानकारी दिएका छन् ।

स्थानीयले प्रहरीसँगकै मिलेमतोमा तस्करी सुरु भएको दावी गरेका छन् । मोरङको कदमाहा नोचा सडक, खयरबना, मायागञ्ज र सिक्टी नाका औपचारिक रुपमा तस्करीमा प्रयोग भएको पाइएको छ । मोरङको धनपालथान स्थित नोचा नाकाबाट भारततर्फ लैजाँदै गरेको केराउ बोकेको ७ वटा ट्रयाक्टर सोमबार बिहानीपख हिलो सडकमा फसेको थियो । करिब २५ वटा भने मिर्मिरे बिहानीमै सीमापार भएको थियो । फसेको ट्रयाक्टर निकाल्ने प्रयास बिहान अबेरमात्र सफल भएपछि ती ट्रयाक्टर सीमापार गर्न नसकी यतै रोकिएको थियो

नोचा सडक खण्डमा नेपाल प्रहरीको गडरिया प्रहरी चौकी छ भने नजिकै सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट(बिओपी) अवस्थित छ । तर, तस्करहरुले सुरक्षाकर्मीको पर्वाह नगरी दिनहुँ दजर्नौं ट्रयाक्टर केराउलगायतका सामान तस्करी गर्दै आएको स्थलगत रिपोर्टिङका क्रममा पाइएको छ । धनपालथान १ का स्थानीयबासी महमद मुस्ताफ आलमले विगत एक महिनादेखि नियमितरुपमा तस्करीको लाइन चलिरहेको बताउनुभएको छ ।

‘साँझ पर्नै हुँदैन ७ बजेदेखि दर्जनौं ट्रयाक्टर लाइन लाग्छन् र केराउ ओसार्न थाल्छन्,’ आलमले भन्नुभयो ‘रातभरी ट्रयाक्टरको आवाजले गाउँलेहरु सुत्न सक्दैनन् ।’ ट्रयाक्टरको अत्याधिक ओहोरदोहोरका कारण सडक पुरै बिग्रिएको छ । सर्वसाधारणले पैदल यात्रा गर्नसम्म नसक्ने पीडिा भोगनु परेको आलमले बताउनुभयो । सडककै कारण सशस्त्रको सीमा सुरक्षा पोस्टको गाडी पोखरीयामा राख्नु परेको सशस्त्र प्रहरीका निरीक्षक कृष्ण दाहालले जानकारी दिनुभयो । हिलो सडक सर्वसाधारणका लागि समस्या भएपनि तस्करका लागि भने सहज भएको छ ।

नोचा नाका १५ लाखमा ठेक्का
नोचा नाकाबाट तस्करीको लाइन स्थानीय सुमन साहको नेतृत्वमा चलेको छ । उनले सशस्त्र र जनपद प्रहरी मात्र होइन भारततर्फको सुरक्षा निकाय (एसएसबी) समेतलाई मिलाएर तस्करी लाइन सञ्चालन गरेका छन् । सशस्त्र र जनपदका दुवै डिआइजी र एसपी मिलाएको छु, कुनै डर मान्नु पर्दैन भनेर खुलेआम भन्ने स्थानीय महमद इर्सादले बताउनुभयो । इर्सादले भन्नुभयो ‘रातभरी तस्करी हुन्छ हामी सुत्नसम्म सक्दैनौं, सडक बिग्रीएर केटाकेटी हिड्न नसक्ने अवस्था छ । तर, कसैले बोल्नसक्ने अवस्था छैन । प्रशासन नै मिलेपछि हाम्रो केही नलाग्ने रहेछ ।’

स्थानीयका अनुसार सशस्त्र प्रहरी सुमन साहले अरु तीन जना सहयोगीमार्फत सामान तस्करी गर्ने गरेका छन् । महेश साह, मनोज साह र दिलिप साहले मासिक ५ लाख रुपैयाँको दरले सुमनसँग लाइन किनेका छन् । त्यस धन्दामा अरु थुप्रै साना कारोवारीहरु आवद्ध भएका छन् । ट्रयाक्टर लैजान नसक्ने अवस्थामा सयौं साइकलमार्फत केराउ निर्यात गर्ने गरेका छन् ।

सशस्त्र प्रहरी भन्छ : तपाईहरु नै बुझ्नुहुन्छ
नोचा नाकाबाट खुलेआम तस्करी हुँदा पनि प्रहरी किन मौन बसेको भन्ने विषयमा बुझ्ने प्रयत्न गर्दा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बिओपी)का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक कृष्ण दाहालले सकेसम्म रोक्ने प्रयत्न गरेको प्रतिक्रिया दिनुभयो । आँखै अगाडि केराउ लोड भएका ८ वटा ट्रयाक्टर भएपनि नियन्त्रण नगर्नुको कारणबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो ‘मैले के भन्नु र तपाईहरुले नै धेरै बुझ्नुहुन्छ, सबै कुरा आफ्नो बसमा मात्र हुँदैन ।’ उहाँले दशगजा नजिकै गोदाम रहेको र भ्याट बिल देखाउँदै ल्याइएका सामान गोदाममा नगई सिभै भारत तस्करी भएर जानेगरेको संकेत गर्नुभयो ।

प्रहरी चौकीभित्रै तस्करको भोज
सोमबार साँझ गडरीया प्रहरी चौकी नोचामा खसी काटियो । नियमित झैं सोमबार राति प्रहरी चौकीभित्रै तस्करीमा संलग्नहरुले खसी काटेर भोज खाएका हुन् । खसीको प्रवन्ध तस्करी समूहका नाइके सुमनले मिलाएका थिए । उनैले प्रहरी चौकीभित्रै काट्न केटाहरुलाई निर्देशन गरेका थिए ।

प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रोशन चौधरी छन् । तर, त्यहाँ उनको हैन, तस्कर समूहको हुकुम चल्छ । ‘म नयाँ छु, सुरुमा मैले निकै टाइट गरेको थिएँ । तर, म स्वयंलाई असुरक्षाको अनुभूति हुनथाल्यो,’ प्रसनी चौधरीले भन्नुभयो ‘कागजपत्र हेर्दा समाउने ठाउँ हुँदैन । तर, सामान पार भइरहेको छैन भन्ने अवस्था पनि छैन ।’ त्यस प्रहरी चौकीमा इन्चार्ज भएको एक महिना पनि नभएको चौधरीले बताउनुभयो ।

मैले एसपीको कान समाइसके : डिआइजी
मोरङका दक्षिणवर्ती क्षेत्रबाट व्यापक मात्रामा तस्करी भइरहेको भन्ने सूचना आफूले पाएको प्रदेश प्रहरी प्रमुख डिआईजी इश्वरबाबु कार्कीले बताउनुभएको छ । प्रहरीले नै तस्करीको लाइन चलाएको भन्ने कुरा भने सत्य नभएको उहाँले बताउनुभयो । दैनिक हजारौं मेट्रिक टन केराउ तस्करी भएको विषयमा उहाँले भन्नुभयो ‘मैले आज बिहान थाहा पाएँ, नोचाको घटना जानकारीमा आएको छ, मैले एसपीको कान समाईसकेको छु र तत्काल तस्करी नियन्त्रण गर्न र घटनाको रिपोर्ट ल्याउन निर्देशन गरेको छु । हाम्रोमत बाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist