निर्माणधीन विराटनगरको रानीदेखि धरान सम्मको ६ लेन सडकको चौडा कायम गर्न निर्णय भएको छ ।
सडक भित्रको संरचना तत्काल हटाउन ६ लेन सडक आयोजनाले पत्राचार गरेको हो । सडकको हाईवे क्षेत्रमा मिचेर बनाएको संरचना खाली गर्न पत्रचार गरेको हो ।
सडकको संरचना हडपेर बसेको संरचनाहरु तत्काल भत्काउ पत्रचार गरेको हो । बारम्बार अनुरोध गर्दा पनि संरचनाहरु भत्काउन नसकेको भन्दै तत्काल संरचना हटाउन आयोजनाले सुचना निकालेर आग्रह गरेको छ । ७ दिन भित्र संरचना नहटाए भत्काउन लागेको खर्च समेत क्षतीपूर्ती तिराउने बताएको छ ।
सडकको केन्द्रविन्दु देखि २५।२५ मिटर दाँया बाँया खाली गराउन पत्रचार गरेको हो । सडकको क्षेत्राधिकार मिचेर संरचनाहरु बनाएको भन्दै सडक बिभागले हटाउन बारम्बार ताकेता गरे पनि घरधनीहरुले वेवस्ता गर्दै आएका छन ।





