• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

प्रदेश १ लगायतमा ५५ प्रतिशत श्रमिकले अझै पाएनन् लकडाउन समयको तलब

वैशाखको पारिश्रमिक नपाउने ७० प्रतिशत बढी

काेचिला खबर by काेचिला खबर
09/25/2020
in मुख्य
86
SHARES
392
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं / सरकारले आह्वान गरेको लकडाउनको समयमा आधा भन्दा बढी श्रमिकले तलब नपाएको देखिएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी) ले मुलुकका सातवटै प्रदेशमा सञ्चालित उद्योग प्रतिष्ठान, होटल, अस्पताल, बैङ्क तथा वित्तीय संस्था, सहकारी, बीमा, शैक्षिक क्षेत्र, चिया बगान, कृषि क्षेत्र, निर्माण क्षेत्र, यातायात लगायत क्षेत्र सहित ४४ प्रकारका औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा आवद्ध कर्मचारी र श्रमिकमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो । जेटीयूसीसीका अनुसार उक्त सर्वेक्षणका क्रममा चैत महिनामा ५०.७ प्रतिशत र वैशाख महिनामा ७४.४१ प्रतिशत श्रमिकले आफूले पूर्णरुपमा पारिश्रमिक पाउन नसकेको बताएका छन् ।

समन्वय केन्द्रले देशभरका कुल १ हजार ९१ वटा उद्योग प्रतिष्ठानको नमूना लिएर यस्तो सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणमा चैत महिनामा ४९.३ प्रतिशत उद्योगले पूरा भुक्तानी दिएको देखिएको छ । बाँकीमध्ये १.४ प्रतिशतले आंशिक भुक्तानी गरेको र ४.१ प्रतिशत उद्योगले मजदूरलाई पेश्कीस्वरुप केही पैसा दिएर पठाएको देखिएको छ । बाँकी ४५.२ प्रतिशतले भने कुनै पनि रकम भुक्तानी नपाएको बताएका छन् ।

प्रदेशगत रुपमा बागमती प्रदेशमा रहेका उद्योगका श्रमिकले चैत महिनाको सबैभन्दा बढी भुक्तानी पाएका छन् । यो प्रदेशका ६४.३ प्रतिशत श्रमिकले चैतको पारिश्रमिक पाएको देखिँदा प्रदेश २ मा सबैभन्दा कम २१ प्रतिशत श्रमिकले मात्रै पूर्ण रुपमा पारिश्रमिक भुक्तानी पाएको देखिएको छ । प्रदेश ५ मा पनि त्यस्तो भुक्तानी पाउने श्रमिकको संख्या निराशाजनक छ । त्यहाँका २४.९ प्रतिशत श्रमिकले मात्रै सो महिनाको सम्पूर्ण पारिश्रमिक पाएका छन् ।

चार्ट १ : चैत महिनामा पारिश्रमिक भुक्तानीको प्रदेशगत अवस्था

वैशाख महिनामा त्यो अवस्था झनै भयावह रहेको देखिएको छ वैशाख महिनामा २५.५९ प्रतिशत उद्योग व्यवसायले मात्रै कर्मचारीलाई पूरा पारिश्रमिक भुक्तानी गरेका छन् । ३.४७ प्रतिशतले आधा तलबमात्रै दिएका छन् । १४.१ प्रतिशतले पेश्कीस्वरुप केही रकम दिएको भए पनि बाँकी ६६.८४ प्रतिशतले तलब नै नदिएको अवस्था रहेको देखिएको छ ।

वैशाख महिनामा भने पारिश्रमिक भुक्तानी नगर्ने मामलामा प्रदेश २ लाई प्रदेश ५ ले जितेको छ । वैशाख महिनामा प्रदेश ५ का ३.६ प्रतिशत श्रमिकले मात्रै पूर्ण रुपमा पारिश्रमिक पाएको देखिएको छ । सोही समयमा प्रदेश २ का १३ प्रतिशतले मात्रै त्यस्तो भुक्तानी पाएका छन् । कर्णाली र बागमती प्रदेश भने वैशाख महिनामा पनि तुलनात्मक रुपमा धेरै पारिश्रमिक पाउने प्रदेशको रुपमा अगाडि छन्  । बैशादमा कर्णालीका ४०.७ प्रतिशत र बागमतीका ३८.६ प्रतिशतले पूर्ण रुपमा तलबभत्ता प्राप्त गर्न सकेको सर्वेक्षणले देखाएको छ ।

चार्ट २ : वैशाख महिनामा पारिश्रमिक भुक्तानीको प्रदेशगत अवस्था

त्यसो त, यो अवधिमा करिब ५५ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा बन्द भएका थिए । बाँकी ४५ प्रतिशतमध्ये २१ प्रतिशत व्यवसाय आंशिक रुपमा खुला थिए भने करिब २४ प्रतिशत व्यवसाय मात्रै सुचारु रहेको देखिएको छ ।

उद्योगहरु सञ्चालनको अवस्था समेत प्रदेश अनुसार फरकफरक रहेको सर्वेक्षणले देखाएको छ । लकडाउनको अवधिमा प्रदेश २ मा लगभग शतप्रतिशत उद्योग व्यवसाय बन्द रहेको केन्द्रले जनाएको छ । यो औपचारिक क्षेत्रमा काम गर्ने व्यवसायको तथ्यांक हो । सूदूरपश्चिम प्रदेशका ७०.३ प्रतिशत, प्रदेश ५ का ६४.३ प्रतिशत व्यवसाय पूर्ण रुपमा बन्द रहेको देखिएको छ । त्यस्तै, गण्डकी प्रदेशमा ५३.५ प्रतिशत, बागमती प्रदेशमा ३८.६ प्रतिशत र प्रदेश १ मा ३३ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द रहेको देखिएको छ । 

चार्ट ३ : लकडाउन अवधिमा उद्योग सञ्चालनको प्रदेशगत अवस्था

जेटियूसीसीको सर्वेक्षणले लकडाउनपछिको अवधिसम्म ९ प्रतिशत उद्योग प्रतिष्ठान मात्रै मात्रै सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध रहेको जनाएको  छ । सर्वेक्षणका क्रममा बाँकी ९१ प्रतिशत मध्ये २३ प्रतिशत यस्तो कार्यक्रमबारे थाहा भएर पनि सहभागी नभएको तथा ६८ प्रतिशत उद्योगका कामदारहरुलाई यस्तो कार्यक्रमबारे थाहै नभएको बताएका थिए ।

श्रमिकसँग छलफल नै नगरी व्यवसाय बन्द

यो अवधिमा बन्द भएका उद्योगमध्ये ६७ प्रतिशतले उद्योगको उत्पादन बन्द गर्नुअघि वा कर्मचारीलाई बिदामा पठाउनुअघि कर्मचारी वा ट्रेड युनियनसँग परामर्श समेत नगरेको समेत पाइएको छ । प्रदेश ५ र सूदूरपश्चिम प्रदेशका लगभग शतप्रतिशत उद्योगले यसबारे छलफल गरेनन् । त्यस्तै, प्रदेश १ का ९९ प्रतिशत, गण्डकी प्रदेशका ९४ प्रतिशत र कर्णाली प्रदेशका ८० प्रतिशत उद्योगले यसरी श्रमिक वा ट्रेड युनियनसँग छलफल नगरेको पाइएको छ । प्रदेश २ र बागमती प्रदेशमा भने क्रमशः ७२ प्रतिशत र ४८ प्रतिशत उद्योगले यस्तो छलफल गरेका थिए ।

चार्ट ४ : व्यवसाय बन्द गर्नुअघि श्रमिकसँग परामर्श गरिएको/नगरिएको

त्यसो त, लकडाउन अवधिमा सञ्चालन भएका उद्योगहरुले समेत श्रमिकलाई स्वास्थ्य सुरक्षाका लागि उचित व्यवस्था नगरेको सर्वेक्षणले देखाएको छ । यो अवधिमा १५ प्रतिशत श्रमिकले मात्रै प्रतिष्ठानले आफूलाई पूर्णरुपमा स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिएको बताएका थिए । २७ प्रतिशतले आंशिक रुपमा सुरक्षा सामाग्री उपलब्ध गराएको बताउँदा र बाँकी ५८ प्रतिशतले कुनै पनि व्यवस्था नगरिदिएको जनाएका थिए । प्रतिष्ठानले त्यस्तो व्यवस्था नगरिदिँदा केहीले आफैंले त्यस्तो सुरक्षाको व्यवस्था गरे भने केही असुरक्षित रुपमै काममा सहभागी भए ।

प्रदेश ५ र सूदूरपश्चिम प्रदेशमा त्यसरी स्वास्थ्य सुरक्षाको प्रबन्ध नगरी उद्योग व्यवसाय सञ्चालन बढी भएको देखिएको छ । सबैभन्दा बढी सुरक्षा सतर्कता अपनाएको देखिएको बागमती प्रदेशमा पनि जम्मा एक तिहाई उद्योगमा मात्रै सुरक्षाको प्रबन्ध राम्रो भएको देखिएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

05/04/2026
मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

04/22/2026
दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist