• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

८ कात्तिकदेखि क्लिन फिड : भारतीय न्युज च्यानल बन्द हुन्छन्

काेचिला खबर by काेचिला खबर
09/23/2020
in मुख्य
118
SHARES
535
VIEWS
Share on FacebookShare on Twitter

८ कात्तिकदेखि क्लिन फिड : भारतीय न्युज च्यानल बन्द हुन्छन्

काठमाडौं । कानुनअनुसार आगामी ८ कात्तिकसम्म विदेशी टेलिभिजन च्यानल क्लिन फिड (विज्ञापनमुक्त) भइसक्नुपर्छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ अनुसार कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाइँदैन । यसमा अटेरी भएमा त्यस्ता च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ ।

तर भारतका टेलिभिजन सेवा प्रदायकले नेपालमा प्रसारण हुने कन्टेन्टमा क्लिन फिड गर्ने उपकरणहरू भर्खर नेपाल ल्याउन थालेका छन् । केही च्यानल र प्याकेज प्रदायकले त यसमा चासो नै दिएका छैनन् ।

केही समयअघिसम्म कुन प्रविधिमार्फत, कहाँ च्यानललाई क्लिन फिड गर्ने भन्ने अन्योल थियो । अन्तिम समयमा भारतीय टेलिभिजन प्रसारकहरूले नेपालमा डाउनलिङ्क भएका च्यानल वितरण गर्नुअघि नेपालमै आएर क्लिन फिड गरिदिन तयारी गरेका छन् । एक टेलिभिजन सेवा प्रदायकका अनुसार सोनीले आफ्ना च्यानलहरू क्लिनफिड गर्ने उपकरण ल्याउँदैछ भने केहीले अहिलेसम्म चासो देखाएका छैनन् ।

नेपाल केबल टेलिभिजन सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुली केही कम्पनीले क्लिन फिड गर्न उपकरण ल्याएर जडान थालेको र कतिपय इच्छुक नदेखिएको बताउँछन् ।

इन्डिया ब्रोडकास्टर्स फोरम (आईबीएफ)ले कोरोनाका कारण समस्या भएको भन्दै क्लिन फिड लागू हुने समयसीमा बढाउन नेपाल सरकारलाई पत्रमार्फत आग्रह गरेको छ । नेपालमा भारतीय च्यानल प्रसारण गर्ने टेलिभिजन सेवा प्रदायकहरूलाई पनि आईबीएफले यस्तो पत्र पठाएको छ ।

सरकार भन्छ– लागू हुन्छ

सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले तोकिएको अवधिभित्रै क्लिन फिड लागू गर्ने बताएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता गोकर्णमणि दुवाडी विदेशी च्यानलमा क्लिन फिड भए/नभएको अनुगमन गर्न सूचना तथा प्रसारण विभागमा प्राविधिक संयन्त्र विकास गरिसकेको बताउँछन् ।

२०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो । ऐनमा भनिएको छ– ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभत्र विज्ञापनरहित प्रसारण गर्नुपर्नेछ ।

प्रवक्ता दुवाडीका अनुसार ऐनमै व्यवस्था भएकाले माग भए बमोजिम क्लिन फिड लागू हुने समयसीमा सार्न सकिने अवस्था छैन । ‘असारमा डाउनलिङ्क अनुमति नवीकरण गर्दा सबै च्यानलले तोकिएको सयममा क्लिन फिडमा जाने शर्त स्वीकार्नुभएको छ,’ उनले भने, ‘यसबाट कोहीपछि हट्छ भने कानुनअनुसार च्यानलको प्रसारण रोकिन्छ ।’

नेपाल सरकारले क्लिन फिड लागू गर्न चाहेको निकै भयो । नेपालमा प्रसारण हुने विदेशी च्यानलहरूमा क्लिन फिड गरिदिन भारतीय च्यानल तथा अपरेटरहरूसँग नेपालका केबल, आईपीपी, डीटीटी, डीटीएचलगायत प्रविधिमार्फत टेलिभिजन सेवा प्रदान गर्ने टेलिभिजन अपरेटरहरूले माग गरिरहेका छन् ।

भारतीय न्युज च्यानल बन्द हुने

केबल टेलिभिजन सेवा प्रदायक संघका अध्यक्ष पराजुली न्युज च्यानलमा विज्ञापन रोक्न कठिन हुने बताउँछन् । न्युज च्यानलका स्क्रिनका विभिन्न भागमा विज्ञापनहरू राखिने र विज्ञापन गर्ने समय पनि यकिन नहुने भएकाले न्युज च्यानलमा क्लिन फिड गर्न सम्भव नहुने उनले बताए ।

खेलकुद च्यानलहरूको प्रत्यक्ष प्रसारणमा पनि समस्या पर्नसक्ने देखिएको छ । तर खेलकुद च्यानललाई व्यवस्थापन गर्ने आश्वासन भारतीय प्रसारकहरूले दिएका छन् ।

भारतीय प्रसारकले नेपालमै क्लिन फिड गर्ने भएपछि अब विज्ञापन बज्ने समयमा स्क्रिन खाली देखिनेछ । त्यो समयमा नेपालकै विज्ञापन राख्न पाउनुपर्ने माग नेपाली टेलिभिजन सेवा प्रदायकहरूले गरेका छन् । तर संसदको विकास तथा प्रविधि समितिले नेपाली टेलिभिजनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै क्लिन फिड गरिएका विदेशी च्यानलमा नेपालको विज्ञापन बजाउन नपाउने प्रबन्ध गर्न निर्देशन दिएको छ ।

क्लिन फिड लागू भएपछि नेपालमा प्रसारण हुने विदेशी च्यानल घट्ने छन् । डाउनलिङ्क अनुमति लिएर जथाभावी च्यानलहरू प्रसारण गर्ने गरिएकोमा अब क्लिन फिड नगरिएका च्यानलहरू स्वतः रोकिनेछन् । धेरै भारतीय च्यानलहरू नेपालमा क्लिन फिडमा खर्च गर्न इच्छुक छैनन् ।

शूल्क बढ्नसक्ने

भारतीय प्रसारकले आफ्नै खर्चमा क्लिन फिड गर्ने भएकाले अब च्यानल किन्दा नेपाली टेलिभिजन सेवा प्रदायकले महँगो मूल्य तिर्नुपर्ने अध्यक्ष पराजुलीको दाबी छ ।

अब नेपाली सेवा प्रदायकको खर्च पनि बढ्ने भएकाले टेलिभिजन सेवा महँगिन सक्ने उनले बताए । ‘नेपाली च्यानललाई आधारभूत शूल्क तोकेर विदेशीलाई ऐच्छिकमा राखेर ग्राहकलाई आफ्नो गच्छेअनुसार च्यानल थप्नसक्ने सुविधा दिन हाम्रो प्रस्ताव छ,’ पराजुलीले भने, ‘२५० रुपैयाँ न्यूनतम शूल्क राखेर त्यसमा ग्राहकले रोजेको च्यानलअनुसार शूल्क थप्दै लैजाने हाम्रो प्रस्ताव हो ।’

उनका अनुसार क्लिन फिड लागू भएपछि सहजीकरणका लागि के–के नयाँ व्यवस्था गर्नुपर्छ भन्नेबारे सरकारको ध्यानाकर्षण पत्र बुझाउने तयारी छ ।

नेपाललाई के फाइदा ?

सरकारले २०७४ साउन १ गतेदेखि नै ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको थियो । निर्णय लागू हुन नपाउँदै ०७४ असार ३१ गते थप तयारीका लागि भन्दै सरकारले निर्णय स्थगित गरेको थियो । भारतीय टेलिभिजन प्रसारकहरूको दबाव र नेपाली टेलिभिजन वितरकहरूले घोषणा गरेको आन्दोलनका कारण निर्णय स्थगित भएको थियो ।

निर्वाचनपछि आएको नयाँ सरकार ऐनमै यो व्यवस्था गर्न अग्रसर भयो । टेलिभिजन सेवा वितरकहरू पुनः विरोधमा उत्रिए । संसदमा मधेश केन्द्रित दल राजपालगायतले विधेयक संशोधनमा लागि प्रयत्न गरे । अन्ततः संसदमा सरकारको प्रस्तावअनुसार नै विधेयक पास भएर ऐनका रूपमा लागू भयो

नेपालमा २०० भन्दा बढी विदेशी च्यानल क्लिन फिडविना प्रसारण हुन्छन् । यसमा पनि हिन्दी भाषाका भारतीय च्यानलको प्रभुत्व छ । अनलाईन खबर

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

भारत-पाकिस्तान द्वन्द्व : टीभी च्यानलको’आतंक’

भारत-पाकिस्तान द्वन्द्व : टीभी च्यानलको’आतंक’

05/10/2025
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायल द्वारा ७१ उपसचिवको सरुवा–पदस्थापन ( सुची सहित )

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायल द्वारा ७१ उपसचिवको सरुवा–पदस्थापन ( सुची सहित )

02/18/2025
महाकुम्भ स्नान गरेर फर्कंदै गर्दा गाडी दुर्घटनामा परी ५ नेपालीको मृत्यु, ४ जना गम्भीर घाइते ।

महाकुम्भ स्नान गरेर फर्कंदै गर्दा गाडी दुर्घटनामा परी ५ नेपालीको मृत्यु, ४ जना गम्भीर घाइते ।

02/01/2025
रास्वपाले भन्यो- सामाजिक सञ्जालसम्बन्धी विधेयकको नियत ठिक छैन, स्वीकार गर्दैनौं

रास्वपाले भन्यो- सामाजिक सञ्जालसम्बन्धी विधेयकको नियत ठिक छैन, स्वीकार गर्दैनौं

01/30/2025
सूचना दिन नमान्ने विश्वविद्यालय र कार्यालय विरुद्ध मुद्दा दायरको तयारी

सूचना दिन नमान्ने विश्वविद्यालय र कार्यालय विरुद्ध मुद्दा दायरको तयारी

01/05/2025
काठमाडौं आउजाउ गर्दा कोशीका मुख्यमन्त्रीको हवाई टिकटमा झण्डै ३५ लाख खर्च ।

काठमाडौं आउजाउ गर्दा कोशीका मुख्यमन्त्रीको हवाई टिकटमा झण्डै ३५ लाख खर्च ।

12/29/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist