दुहबी / कोशि राजमार्ग सडक मर्मत तथा निर्माणको माग गर्दै दुहबीमा स्थानीयवासीले सोमबार सडक ४५ मिनेट अवरुद्ध गरी प्रदर्शन गरेका छन् ।
वर्षातको समय अघिदेखि नै सडक बिभाग लाई सो बीषयमा पटकपटक जानकारी गराउदा समेत कुनै सुनुवाइ नगरी सडक मर्मत नगरेको भन्दै स्थानीयवासीले सडक जाम गरी प्र्रदर्शन गरेका हुन् ।
सोमबार दुहबी नगरपालिका वडा नम्बर–३ स्थित कोशि राजमार्ग धरान बिराटनगर जाने सडकमा स्थानीय युवा र केही व्यापारीहरुले सडक बिभागको कार्यालयविरुद्ध नाराबाजी गर्दै सडक अवरुद्ध गरेका हुन् । स्थानीय नासरुदिन मियाका अनुसार समस्याको सामाधान नभए चरण बद्ध आन्दोलन गर्ने बताउदै सडक बिभाग अटेर गरे दिनै पिछे सडक अबरुद्ध गर्ने बताए ।
दुहबीको धरान बस स्टेन देखि डांगा चौक सम्म क्षेत्रको सडक १ बर्स देखि मर्मत नगरेको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् । यस सडकको अवस्था दयनीय रहेको र हल्का वर्षामा पनि करिब ४ फिटसम्म सडकमै पानी जम्ने गरेको र सुखा समयमा धुवाँ धुलोले गर्दा आवातजावतमा पूर्ण अवरोध तथा समस्याहरु झेल्दै आइरहेको भन्दै स्थानीय युवा तबरेज हुसेनले बाध्यतावश सडक जाम गर्नुपरेको बताए ।
स्थानीयले सडक अवरुद्ध गरे पछि दुहबी नगरपालिकाको बारुन यन्त्र र बिरामी बोकेको एम्बुलेन्स सहित केही छिन जाममा परेको देखीएको थियो । सो चक्काजाम ४५ मिनेट पछि दुहबी ३ का वडा अध्यक्ष माधव भन्डारी र ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक घनेन्द्र हाङ खजुमको समन्यमा सो चक्काजाम खुलाउने काम गरेका थिए ।
सडक जिर्न र सांघुरो भएको कारण दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । दुहबीको कोशि राजमार्ग सडक २ किलोमीटर निर्माणकार्य हुन बाकी मध्ये ६३० मिटरको बिवादले २ किलोमीटर निर्माणकार्य रोकिएको हो । पछिल्लो समय यता सडक निर्माणको बिषयमा स्थानीय दुई समुहमा बाडीएको प्रस्टै देखिन्छ ।
उता सो सडक मर्मतको बिषयमा केही दिन अगाडि मात्र कोचिला खबर संगको कुरा कानीमा सडक बिभाग आयोजना प्रमुख बद्रि प्रसाद शर्माले ६ लेन सडकको दुहबीमा २ किलो मिटर सडक निर्माणकार्य गर्ने योजना रहेता पनि पटकपटक सडक मर्मत गर्न नसकिने बताएका थिए ।