दुहबी/ सुनसरीको दुहबी नगर पालिकाका नगरप्रमुख बेदनारायण गच्छदारले नेपाली काङ्ग्रेस को आसन्न १४ औ माहाधिबेशनमा दुहबी नगर कार्यसमितिको सभापतिमा उम्मेद्बारी दिने बताएका छन।
आज दुहबीका बिजयी १२ वटै वडाबाट नब निर्वाचित वडा सभापतिहरुलाइ बधाइ तथा शुभकामना आदान प्रदान गर्न बोलाएको भेलाबाट गच्छदारले उक्त घोषणा प्रकट गरेका छन।

बिगत लामो समयदेखि पार्टी भित्र रहि प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गर्दै आएको साथै दुहबी नगर पालिका भित्र हरेकको समस्या समधान गर्दै आएको हुदा आफ्नो कार्यकालमा थालनी गरेको बहुबर्सिय ठुला योजना हरु भित्राएको र सम्पन्न हुन बाकी योजना हरु लाई समेत बिधिवत सम्पन्न गराएर समुन्नत दुहबी निर्माण अभियानमा लागेको हुदा पार्टीगत हकहित र संगठन सुदृढीकरणका लागि समेत आफ्नो भुमिका आवस्यक रहेको महसुस गर्दै गच्छदारले आफ्नो उम्मेद्बारी घोषणा गरेके जनाएका छन।
शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित १२ वटै वडाका सभापति लगायत केही क्षेत्रीय प्रतिनिधि हरुको साझा प्रतिबद्धता साथै आसय बमोजिम मेयर गच्छदारले सामुहिक एकता र साझा आवस्यकता महसुस गरि आफ्नो उम्मेद्बारी प्रस्तुत गरेको बताए।
उपस्तिथ सबै नेता तथा कार्यकर्ताहरुले गच्छदारलाई अगृम बधाइ तथा शुभकामना दिएका थिए भने गच्छदारले सबै बिजयी वडा सभापति तथा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति समेत लाई बधाइ तथा सुभकामना ब्यक्त गरेका थिए।





