दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ मा संचालित श्रीपन्चायत प्राबीमा कार्यरत प्रधानाध्यापक ललित चौधरीले नेपाल सरकारले गरिब, उत्पीडित तथा जेहेन्दार बिद्यार्थी हरुलाइ दिदै आएको छात्रबृत्ती र खाजा भत्तामा समेत अनियमितता गरेको आरोप लागेको छ।
गत अर्थिक बर्ष २०७६/७७ र २०७७/७८ समेत २ सालको उक्त रकम हाल सम्म पनि नदिएको भन्दै बिद्यार्थीका अभिभावक हरु आक्रोसित हुँदै आज बिधालय मा भेला भइ प्रदर्सन गरेका थिए।
आक्रोसित अभिभावकहरु शम्भु शर्मा,सावित्री शर्मा,अनिता मन्डल,साथै अन्ध्यनरत बिद्यार्थी हरुका अनुसार प्रअ चौधरीले दुबै सालको पैसा बार्सिक ४०० का दरले पाउनु पर्ने भएपनी दुई साल को जम्मा ४ सय मात्रै दिएको तर बिद्यार्थी लाई झुक्याएर दुई सालमा हुन आउने ८ सय रुपैया पैसा लिइसकेको भनी भर्पाइ मा हस्ताक्षर गर्न लगाएको आरोप लगाएका छन।
बिद्यार्थीका अभिभावकहरुले प्रअ चौधरीले बिद्यालय भित्रका भौतिक सम्रचना निर्माण सामाग्री हरु समेत बिना टेन्डर आफू खुसी बिक्रि गरि रकम हिनामिना गरेको,बिधालयलाई अब्यवस्थित साथै लापरबाही तरिकाले चलाएको हुदा बिद्यार्थी को भबिस्य माथी खेलबाड गरेको समेत आरोप लगाएका छन।
सोही बिसयमा सो वडाका वडाअध्यक्ष मुन्ना हलुवाइसंग बुझ्दा प्रअ चौधरीले आफुले गल्ती गरेको स्विकार्दै आइन्दा यस्तो नगर्ने भनी बताएको जनाए। अध्यक्ष हलुवाइले प्रअ चौधरी ले बिद्यार्थीको भबिस्यमाथी ठूलो खेलबाड गरेको भन्दै यस्ता गल्ती हरु क्षम्य नहुने हुंदा जसरी पनि कार्वाही हुनै पर्ने भनी कार्वाही को माग गरेका छन।
सोही विषयमा प्रअ चौधरी सग सोधपुछ गर्दा सरकारले दिएको छात्राबृत्ती रकम निकासा भैसकेको तर लकडाउन को कारण दुई साल कै बाढ्न बाकी रहेको जिकिर गर्दै अनियमितता नभएको बताए।
अध्ययनरत ११५ जना बिद्यार्थी रहेको उक्त बिद्यालयमा अहिलेसम्म बिद्यालय ब्यावस्थापन समिती समेत नरहेको हुंदा बिद्यालयको अबस्था सारै जिर्ण भएको भनी आक्रोसित अभिभावकहरुले बताएका छन। प्रअ चौधरीको बिद्यालय प्रती लापरबाहीले बिद्यार्थीको भबिस्य माथी चरम लापरबाही भएको भन्दै तत्काल कार्वाही हुनुपर्ने उनिहरुले माग राखेका छन। उक्त माग पूरा नभए थप आन्दोलन का कार्यहरु अगाडि बढाउने समेत उनिहरुले बताए।





