दुहबी/ सुनसरीको दुहबी वडा नम्बर ८ का कार्यवाहक वडाअध्यक्ष बिनय दाहाल लगायत केहि युवाहरुको समुहले आफूमाथी वडा कार्यलयभित्रै हेलमेट प्रहार गरि कुटपिट गरेको दुहबी वडा नम्बर ८ घर भएका मनोज कुमार बास्कोटाले आरोप लगाएका छन ।
बास्कोटाका अनुसार आफू र आफ्नो परिवारको जिविका चलाउनको लागि बिगत चार बर्स देखि दुहबी ८ नम्बर वडा कार्यलय परिसरमा बसेर साधारण लेखापढि निवेदन लेखिरहेकोमा वडाको कार्यवाहक वडाअध्यक्ष बिनय दाहाल आएदेखि सेवाग्राही हरुसंग आफुले लेखेको साधारण निवेदनको केही शुुुुल्क लिने गरेको बाट पटक-पटक आधा कमिसन आफूसंग माग्ने गरेको आरोप लगाउदै सोहि रिसिबी साधेर आज आईतबार अचानक केहि युवा समुह परिचालन गरि बिनय दाहाल सहितले आफू माथी हेलमेट प्रहार गरि कुटपिट गरेको आरोप लगाएका छन।
वडा कार्यलयमा सेवाग्राहीहरुसंग सिफारिस र सर्जमिनको नाममा कार्यवाहक वडाअध्यक्ष बिनय दाहालले अनियमितता गरेर चर्को रकम असुल गरिरहेको समेत मनोज बास्कोटाले आरोप लगाए।
सो बिषयमा दुहबी ८ का कार्यबाहक वडाअध्यक्ष बिनय दाहालसंग बुझ्दा मनोज बास्कोटाले बिगत केही दिन देखि वडा कार्यालयभित्र जबरजस्ति सेवाग्राहीहरुसंग निवेदन शुल्क लिई निवेदन लेख्ने गरेकोमा कार्यालयभित्र शुल्क लिएर निवेदन लेख्ने कार्य न लेख्न अनुरोध गर्दा जबरजस्ति सरकारी कागज चलाउने, जबर्जस्ती गर्ने, अशलिल शब्द प्रयोग गर्ने , अभद्र व्यवहार गर्ने, कुट्न आईलाग्ने , हो हल्ला मचाउने अस्लिल म्यासेज गर्ने र आज विहानको अन्दाजी सवा १० बजेको समयमा सेवाग्राहीलाई समेत कुटपिट गर्ने लगायतको कार्य गरेको भनी ईलाका प्रहरी कार्यालयमा उजुरी दिएको बताए।
सेवाग्राहीलाई कुटपिट गर्न थालेपछि आफुले छुट्ट्याउन मात्र गएको वडाअध्यक्ष बिनय दाहालले बताए।
दुबै पक्षको उजुरी परेपछि अनुसन्धान भइ रहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।





