दुहबी/सुनसरीको दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले आज एकैदिनमा दुहबी वडा नम्बर ५, वडा नम्बर ३, वडा नम्बर २ र वडा नम्बर ९ मा ४ कोठे नवनिर्मित आधारभुत स्वास्थ्य चौकीको उद्घाटन गर्दै दुहबी नगर अस्पताल अब दौडिएको जनाए।
समुदघाटन कार्यक्रममा बोल्दै मेयर गच्छदारले दुहबीमा २५ करोडको लागतमा सुबिधा सम्पन्न नगर अस्पतालको काम संचालन भएकोले अब दुहबी नगर अस्पताल दौडिएको बताउदै हाललाई दुहबी वडा नम्बर ८ मा अस्थायी नगर अस्पताल गत आर्थिक बर्षमै संचालन भएकोले डिजिटल एक्सरे मेसिन लगायतको अत्याधुनिक सेवा बिस्तार भइ रहेको जनाउदै दुहबी नगर अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बिमा समेत लागू भएकोले दुहबीका बिपन्न नागरिकहरुकालागि स्वास्थ्य बिमामा पहुँच पुर्याउनकालागि दुहबी नगरपालिकाले ६० लाख छुट्टयाएकोले प्रती परिवार २ हजार देखि २५ सय नगरपालिकाले तिरी दिने जनाए।
मेयर गच्छदारले भौतिक पुर्वाधारले मात्रै बिकास नहुने हुंदा मानिसको स्वास्थय ,शिक्षा साथै निरोगी भएर बाच्न पाउनु पर्ने अधिकारलाई समेत मध्य नजर गर्दै आफुले दुहबीको हरेक वडामा प्रशुती गृह,सुरक्षित गर्भपतन,मातृ शिशु सेवा,शुरक्षित मातृत्व सहितको सेवा उपलब्ध गराइ आफ्ना नगरबासीहरुको सहज स्वास्थ पहुंच पुगोस भन्ने हेतुले यस्ता कार्यक्रम अगाडि सारेको जनाए। गच्छदारले आफू नगरमा रहुन्जेल बार्है मास आंखामा मासु पलाएको,जलबिन्दु,मोतिया बिन्दु रोगले दृस्टी गुमाउन नपर्ने ठोकुवा दिंदै यस्ता बिरामिहरुलाइ डाक्टरले अप्रेसन गर्ने सुझाव दिए सिधै नगरपालिका को स्वास्थ्य शाखामा सम्पर्क गरि निशुल्क सेवा लिन समेत आग्रह गरे।
स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रममा दुहबी नगर उपप्रमुख सुनिता दाहाल साहले शुभकामना मन्तव्य दिदै स्वास्थ्य र महिलाको विषयमा दुहबी नगरले अब फड्को मारी सकेको बताउदै कोरोना संक्रमणबाट जोगिन सबै नागरिक सचेत रहन आग्रह गरिन।
उक्त कार्यक्रममा दुहबीका ४ ओटै वडाका वडाअध्यक्षहरु रमेशकुमार रौनियार,माधब भण्डारी,अरबिन्दकुमार बिश्वास, मेंह्दी हुसैन दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार न्यौपाने,वडासदस्यहरु,दुहबी स्वास्थय शाखा प्रमुख बिन्देश्वर प्रसाद महतो,स्वास्थ्य शाखाका फोकल पर्सन उचित नारायण साह,समाजसेवि र स्वास्थ्य स्वयम् सेबिकाहरु लगायतले वडामा नवनिर्मित स्वास्थ्य चौकी उद्घाटन भएको प्रती खुसी ब्यक्त गरे। दुहबीमा अब अस्थायी नगर अस्पताल सहित दुहबीको १२ ओटै वडामा स्वास्थ्य चौकी संचालनमा रहेको छ।






