दुहबी/ सुनसरीको दुहबी ४ स्थित नयाँ हटिया लाईनबाट घरवेटि शुमित्रा राजवंशि नाम गरेकि डोमनि भनिने एक महिलालाई घरमै अनैतिक क्रियाकलाप गराएको आरोपमा र एक जोडिलाई अनैतिक क्रियाकलाप गरेको आरोपमा विहिबार दिउँसो सवा दुई बजे प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक घनेन्द्रहाङ खजुमले पुष्टि गरेका छन ।
पक्राउ परेका युवा दुहबी निवासी रहेपनि युवतीको उमेर र ठेगाना खुल्न नसकेकोले अनुसन्धान भइरहेको निरीक्षक खजुमले बताए ।
एक जोडि आपत्तिजनक अवस्थामा पक्राउ परेको स्थानीय प्रत्यक्षदर्शी एक महिलाले बताए ।
यस अघिपनि दुहबी वडा नम्बर १० को दुई ठाउँबाट अनैतिक क्रियाकलाप गरेको आरोपमा दर्जनौं जोडि प्रहरीले पक्राउ गरेको थियो ।
स्थानीयहरुको जनगुनासो बढेपछि अनैतिक क्रियाकलाप भईरहेको ठाउँहरुमा प्रहरीले पछिल्लो चरणमा निगरानी बढाएपछि सो ठाउँबाट दुहबी प्रहरीले एक जोडि आज पक्राउ गरेको थियो।





