• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

गढीमा वडाअध्यक्ष र सचिबले अनिमियता गरेको आरोप

काेचिला खबर by काेचिला खबर
06/23/2021
in FEATURE, समाज, स्थानीय
117
SHARES
530
VIEWS
Share on FacebookShare on Twitter

अजमल अन्सारी, सुनसरी/ सुनसरीको गढी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष टुनालाल चाैधरी र वडा सचिब सत्रुघन श्रेष्ठले लाखौं रुपैयाँ हिनामिना गरेको वडा सदस्य ललती चाैधरीले आरोप लगाउदै गढी गाउँपालिकामा निवेदन दिएका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ मा चालु आर्थिक वर्ष ०७७/०७८ को बजेटको बारेमा चित्त बुझाउन नसकेको भन्दै गाउँपालिकाको दर्ता चलानी किताबमा मंगलवार असार ८ गते निवेदन दर्ता गरि दर्ता नम्बर २२४३ रहेको जानकारी दिएको छ ।

कोरोना भाइरस सम्बन्धि कार्यक्रम, प्रजनन स्वास्थ्य कार्यक्रम, पशु अवस्था ओषधी खरिद, पशु स्वास्थ्य शिविर संचालन कार्यक्रम, सरसफाइ कार्यक्रम, विभिन्न चाडपर्व कार्यक्रम खर्च, योजना अनुगमन तथा सुपरिवेक्षण, लगायतका बजेटको शिर्षकबाट कार्यक्रम नगरि लाखौं रुपैयाँ हिनामिना गरेको वडा सदस्य ललती देवी चाैधरीले बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय मर्मत खर्च, अपाङ्गता भवन मर्मत संभार, राजाजी मन्दिर निर्माण वडा कार्यालय भवन मर्मत तथा बिजुलि व्यवस्थापन सुकुम्बासी बस्ती व्यवस्थापन लगायतका निर्माण कार्य नगरि लाखौं रुपैयाँ हिनामिना गरेको वडा सदस्य ललती देवी चाैधरीले बताउनुभयो ।

वडामा विभिन्न भत्केको बिग्रेको बाटो मर्मतका बजेट समेत मर्मत कार्य नगरि हिनामिना गरेको भन्दै वडामा अहिले वर्षाले गर्दा विभिन्न बाटोमा हिलाम्मे हुँदा आवातजावतमा कठिनाई हुने गरेको, बाटोमा खाल्डाखुल्डी भएकोले खुट्टा घुढा सम्म जमिन मुनि जाने गरेकोले स्थानीयवासीलाई लगायत आवतजावत गर्ने सर्वसाधारणलाई समेत सास्ती खेप्नु परिरहेको वडा सदस्य चाैधरीले बताउनुभयो।

उक्त शिर्षकहरुको बजेट कहाँ , कसरी, कुन ठाँउमा खर्च भयो भन्ने जानकारी माग्दा हिसाब नदिएको भन्दै वडा अध्यक्ष तथा वडा सचिबलाई नेपाल सरकारको नियम बमोजिम कानुनी कार्वाहीको माग गरेका छन् ।

गरिब निमुखा जनताहरुको निम्ति गाउँपालिकाले हरेक वडामा ईन्टरनेट जडान गरेतापनि अनलाइन सेवा जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता तथा बसाइँसराइको फर्म वडाको मातहतमा भएतापनि वडा सचीब , वडा अध्यक्ष कामचोर भइ अरुको पसलमा फोरम भर्न पठाइ निमुखा जनता सँग यस वडाको जनप्रतिनिधि तथा वडा सचिबले रगत चुसेझै दोहोरो पैसा लिईने गरेको सदस्य चाैधरीले बताइन् ।

यस वडामा भइरहेको भ्रष्टाचारी, वडा अध्यक्ष तथा वडा सचिब गरेको हिनामिना लगायत जनतालाई दुख दिने कामले आफुलाइ यस वडाको जनप्रतिनिधि पनि भन्न लज्जास्पद रहेको वडा सदस्य चाैधरीको भनाइ छ ।

स्थानीय युवाहरुले आक्रोश पोख्दै भने, गाउँपालिका तथा वडामा बढ्दो भ्रष्टाचारलाई न्यूनीकरण गर्नु पर्छ, यदि सरोकारवालाहरुले यसको न्यूनीकरण गरेन भने हामीहरु वडा तथा गाउँपालिकामा भइरहेको भ्रष्टाचार विरुद्धको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

गढी गाउँपालिकाको सबै वडामा यस्तै घटनाहरु भएको प्रशस्त छ । घटनाको सत्यतथ्य छानबिन गरियोस, गढि गाउँपालिकाले कुनैपनि कारण नदेखाई अविलम्ब छ वटै वडाहरू कामको अनुगमन गरी गल्ती गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याउनु पर्छ । यदि गढी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ले यस्तो कार्य गर्न सक्दैन भने जनताले स्वयं हिसाबकिताब गर्नेछन् र युवाहरूको भ्रष्टाचारविरुद्धको एकता ले नयाँ रुप लिनेछन् भन्ने स्थानीय युवाहरुको भनाइ रहेको छ ।

वडा अध्यक्ष टुनालाल चाैधरीले आफुले कुनै पनि अनिमियता नगरेको भन्दै हामी पुर्न रुपमा सक्रिय भएर कार्यक्रम गर्दै आएको , वडामा विकासको निम्ति विकास निर्माण कार्य गर्दै आएको प्रतिक्रिया दिनुभयो।

वडा सचिब सत्रुघन श्रेष्ठले आफुहरुहरु माथी लगाएको आरोप झुठो रहेको भन्दै आफुहरु विभिन्न किसिमको कार्यक्रमहरु गरेको प्रमाण सहित राखेको प्रतिक्रिया दिनुभयो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist