दुहबी/ दुहबी वडा नम्बर ६ को सडक बेहाल अवस्थामा भएको भन्दै स्थानीय आक्रोशित छन्। वडा अध्यक्ष मुन्ना हलुवाइ जि ४ बर्ष भयो तपाईं वडाअध्यक्ष हुनु भएको अब केही महिना मात्र बाकी छ स्थानीय चुनावको ? यो बाटोमा भोलि धान रोपाइ गर्ने भन्दै वडावासीहरु आक्रोशित छन। वडा अध्यक्षको ध्यानाकर्षण होस! यसैगरी Ppc सिमेन्ट भन्दा पनि कम मुल्य पर्ने Psc सिमेन्ट दुहबी वडा नं ६ को नालामा गुणस्तरहीन काम हुदा स्थानियबासीले बिरोध गरेको छ। जब सम्म पुर्णरुपले सिमेन्ट जाँच हुदैन तब सम्म नालाको काम रोकिएको छ!त्यहाँका इन्जिनियरले बाचा गरेका छन गुणस्तरहिन काम भएमा सबै नाला भत्काएर गुणस्तर नाला बनाउने बाचा गरेका छन! सो विषयमा वडाअध्यक्ष मुन्ना हलुवाइसंग बुझ्दा बिकास हुँदै गर्दाको बाटो भएकोले थोरै समस्या भएको चाडैं समस्या समाधान हुने बताउदैं आफ्नो वडामा गुणस्तरहिन काम हुन न दिने प्रतिबद्धता जनाए ।





