अजमल अन्सारी
असार ७, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ५ साविकको अमाही बेलाहामा विकास निर्माणको काममा गाउँपालिकाले विभेद गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
स्थानीय तहको चुनावमा निर्वाचित भएर आएपछि गाउँपालिकाका जनप्रतिनिधिहरुले हाल सम्म वडा नम्बर ५ को अमाही बेलाहाको बाटोमा विकास निर्माणको काम नगरेकोले स्थानीय आक्रोशित भएका छन् ।
गाउँपालिकाले अन्य सडकको लागि पटक पटक बजेट विनियोजन गरि वडा नम्बर ५ साविकको अमाही बेलाहामा सडक निर्माणको लागि बजेट विनियोजन नगरेको, यो सडकलाई पटक पटकको बजेट विनियोजनमा विभेद गर्दै आएको स्थानीय सद्दाम हुसेनले बताउनुभयो ।
तस्बिरमा देखिएको दृश्य बर्जु गाउँपालिका वडा नम्बर ५ को अमाही बेलाहाको नहर स्थितको तस्बिर हो, बाटो हिलो भएकोले ट्याक्टर ,बस, माेटरसाइकल अन्य सवारी, पैदल यात्री, मानिस आवतजावत गर्ने क्रममा सास्ती खेप्नुपरेकोले, माटोमा भासिन थालेपछि स्थानीय आक्रोशीत भएका छन् ।
सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्दछ, जुन क्षेत्रबाट लामो समय देखी नेपाली काङ्ग्रेसमा सक्रिय भएर राजनितिक गर्दै आएको विगठित संघीय सांसद बिजय गच्छदारले पटक पटकको चुनावमा निर्वाचित हुँदै आएको क्षेत्र हो तर एक शब्दमा भन्ने हो भने स्थानीय जनताका समस्या ज्युँका त्युँनै छन् ।
चुनावको बेलामा नेताहरुले बाटो बनाउछु, विकास गर्छु, गुणस्तरीय शिक्षाको व्यवस्थापन गर्छु, स्वास्थ्यमा कुनै किसिमको कमी हुने दिने वाला छैन, हरेकको घर आङनमा एम्बुलेन्स जाने गरि बाटो बनाउछु भन्ने नेताहरु आजभोलि हामीहरु कस्तो अवस्थामा गुज्रिरहेका छाैँ, कोरोना कहर सँग लडिरहेका छाैँ, लकडाउनमा जनता कुन अवस्थामा छन् भनेर एक चोटी पनि हेर्न नआएको स्थानीयहरुको भनाइ छ ।
विगत तीन महिना भन्दा अगाडिदेखि नै सडक विग्रेको र वडाध्यक्षलाई पटक–पटक सडक मर्मतको लागि आग्रह गर्दा पनि ध्यान नपु¥याएको स्थानीयहरुको आरोप छ ।
स्थानीयका अनुसार बर्जुका जनप्रतिनिधिहरुले विकास निर्माणका काम छाडेर एक वर्ष पहिला देखीनै चुनावी अभियानमा लागेको देखिन्छ उनीहरुको लागि आर्थिक वर्ष २०७८/०७९ को बजेट विकासमा खर्च नभई चुनावी
चुनावी चटारोले गर्दा वितरणमुखी हुने अनुमान गरिएको छ ।
नेपालमा पहिलो पटक स्थानीय तहको निर्वाचन मिति २०७४ वैशाख ३१ गते भएकोले स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिने अन्तिम मिति २०७९ वैशाख ३० गतेसम्म मात्र रहन्छ किनकि पछिल्लो निर्वाचनको मिति समेत सोही दिनको मानिने कानुनी प्रावधान रहेको छ ।
आव २०७९/८० को बजेट नयाँ निर्वाचित जनप्रतिनिधिले बनाउँछन् किनकि सो वर्षको गाउँ सभा असारमा हुन्छ । आव २०७८/७९ को बजेट चुनावी चटारोले गर्दा वितरणमुखी हुने अनुमान गरिएको छ । यस हिसाबले भन्ने हो भने सूक्ष्म रूपमा अर्को नयाँ चुनावको तयारी गर्ने बेला भई सकेको छ ।
सिंहदरबार गाउँमा आयो भन्छन् , स्थानीयका समस्या ज्युँका त्युँनै छन् ‘, “सिंह आयो तर दरबार आउन बाकी नै रहेको जस्तो देखिन्छ” बर्जुका सद्दाम आलमले भने, ‘ वर्षाै पुरानो विकास जस्ताको त्यस्तै छन् , विकास निर्माणमा कसैको चासो गएन ।
स्थानीय समाजसेवी इन्जिनियर सद्दाम हुसेनले आफ्नो अधिकारीक फेसबुकमा लेखेको जस्ताको त्यस्तै ” यो बाटोको हालत हेर्दा लग्दैन की बर्जु गाउँपालिकामा स्थानीय सरकार छ! चार वर्ष देखि स्थानीय सरकार के हेरेर बसेको छ ? स्थानीय सरकार के का लागि ? स्थानीय नेता हरु कता छन् अहिले ? किन सबै मौन छ? किन कोही यो बाटोको बारेमा केही बोल्दैन ? खाली बजेट पचाउने काम मात्रै भई रहेको छ कि ? विकास पनि हुँदैछ यदि विकास हुँदैछ भने खोई विकास? कता विकास? स्थानीय सरकार लाई बजेट कति आउँछ के के मा खर्च हुन्छ त्यसको हिसाब किताब कसले लिने आखिर कहिले सम्म भ्रष्टचारीहरुलाई उन्मुख हुन दिने? अब स्थानीय युवा हरुलाई जाग्नु पर्ने बेला आई सकेको छ। अहिले आवाज न उठाए कहिले उठाउने ? जागो युवा जागाे
बोल्ने अधिकार सबै जनतालाई छ । भन्ने उनको भनाइ रहेको छ।





